वाईसियल भीमदत्त नगरको अध्यक्षमा बोहरा


कञ्चनपुर : योङ्ग कम्युनिष्ट लिग(वाईसियल) नेपाल भीमदत्त नगरको अध्यक्षमा सागर बोहरा चयन भएका छन । शनिबार महेन्द्रनगरमा सम्पन्न भएको माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग(वाईसियल) नेपाल भीमदत्त नगरको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा बोहरा चयन भएका हुन । वाईसियल कञ्चनपुरका नेता तुल बहादुर थापाले सर्वसम्मतीय आधारमा वाईसियल नगर कमिटि विस्तार गरिएको बताए ।

उनका अनुसार उपाध्यक्ष मनिसा महता, गगन राना, सुलोचना राना, सचिव गोबिन्द लुहार, सहसचिव रमेश कन्जारा, उमेर पार्की, मिलन बोहरा, कोषाध्यक्ष सुनिता बुढा र सदस्यहरुमा निखिल पार्की, राहुल भट्ट, बिरेन्द्र पार्की, महेश कार्की, कृष्ण विष्ट, जयराज लावड, प्रेम ओली, सुशाक जाग्री, गोरख लुहार विक्रम पार्की, कपिल पुजारा, आयुष पौडेल, अरमान अन्सारी, जनक शाही, जितेन्द्र पार्की चयन भएका छन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वाईसियल केन्द्रीय उपाध्यक्ष मञ्जु बम, वाईसियल केन्द्रीय सचिव अर्जुन सिह साउद, जिल्ला इन्चार्ज रघुबिर सिह धामी(तुफान) सहितका नेताहरुले जनताको हितमा काम गर्ने वाईसियल भीमदत्त नगरका नव निर्वाचित कमिटिका पदाधिकारी सदस्यहरुलाई आब्हान गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img