फारवेष्र्टन टुरिज्म मार्ट शुरु

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेश प्रादेशिक पर्यटन महोत्सव(फारवेष्टर्न टुरिज्म मार्ट) शुरु भएको छ । शुक्रबारदेखि महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेश प्रादेशिक पर्यटन महोत्सव(फारवेष्टर्न टुरिज्म मार्ट) शुरु भएको हो । पर्यटन तथा नागरिक उड्डायान मन्त्री बन्द्री पाण्डेले मार्टको उद्घाटन गर्दै सुुदूरपश्चिम प्रदेश सहित सिङ्गो नेपालमा धार्मिक, ऐतिहासिक पर्यटकीय गन्तव्य रहेको बताए । मन्त्री पाण्डेले सरकारले पर्यटन प्रर्बद्धननका लागि वातावरण तयार गरेपनि निजी क्षेत्रबाट लगानी आवश्यक रहेको औल्याएका छन । मन्त्री पाण्डेले पर्यटन मार्फत आर्थिक विकासका लागि निजी क्षेत्रलाई सरकारले रातो कार्पेटले स्वागत गर्नुपर्ने बताए ।

मन्त्री पाण्डेले सुदूरपश्चिमकोे खप्तड र कर्णालीको रारामा पर्यटन प्रहरी समेत राखिएको बताए । संस्कृति, पर्यटन र हवाई नीति सरकारले अबलम्बन गरेको बताउँदै उनले संस्कृति भए पर्यटन भित्रिने बताए । सुदूरका पर्यटकीय गन्तव्यमा पूर्वाधार विकासका लागि सरकारी निजी क्षेत्रले संयुक्त रुपमा अघि बढ्ने बताए । अन्तर प्रदेश हवाई कनेक्टिभीटिका लागि समेत तयारी भईरहेको उनले बताए । निर्माणाधिन मझगाँउ विमानस्थलको स्थलगत अनुगमन गर्दै मन्त्री पाण्डेले समयमै निर्माण हुने बताए । कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले पर्यटन मार्फत आर्थिक बृद्धि विकासका लागि पर्यटकीय पूर्वाधार विकासदेखिका कार्यक्रम संचालनमा जोडदिएका छन । जिसस प्रमुख बोहराले कञ्चनपु्र सहित सुदूरपश्चिम पर्यटकीय गन्तव्य रहेको औल्याए ।

सुदूरपश्चिमको पर्यटन विषयमा जानकार राख्ने बरिष्ठ पत्रकार चित्राङ्ग थापाले कार्यक्रमबाट दुवै देशका पर्यटन व्यवसायीविचको आपसी सम्वाद, छलफलबाट थप पर्यटन प्रर्बद्धनमा टेवा पुग्ने भएकाले कार्यक्रम प्रभावकारी बनाउनुपर्नेमा जोडदिएका छन । उनले पश्चिम नेपाल सुदूरपश्चिम पर्यटनका लागि भर्जिन क्षेत्र रहेकाले विस्तारै सुधारोन्मुख हुने बताए । स्थानीय भीमदत्त नगरपालिका सरकार र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा तीन दिने पर्यटन महोत्सवमा नेपालका ऐतिहासिक, धार्मिक, पर्या पर्यटकीय स्थलको प्रर्बद्धन, प्रचारप्रसारका लागि फारवेष्टर्न टुरिज्म मार्ट आयोजना गरिएको जनाएको छ । महोत्सव आयोजक समितिका संयोजक एव भीमदत्त नगर पर्यटन विकास समितिका उपाध्यक्ष राजेन्द्र केसीले (नेपाल भारत)का पर्यटन व्यबसायीहरुविच हुने उक्त मार्ट कार्यक्रममा नेपालका विभिन्न पर्यटकीय गन्तव्य बारे भारतीय पर्यटन व्यवसायीहरुलाई सुसुचित गराईने बताए ।

भारतका विभिन्न ठुला शहर दिल्ली, उत्तराखण्ड, उत्तर प्रदेश सहितका स्थानका पर्यटन व्यवसायीहरुलाई नेपालका पर्यटकीय स्थलको भरपूर्ण जानकारी गराएर उताबाट पर्यटक भित्र्राउने उदेश्यले कार्यक्रम गर्न लागिएको बताए ।
‘दुवै देशका पर्यटन व्यवसायीहरुसंग पर्यटन बृद्धि विकासदेखि नेपालमा कसरी पर्यटन भित्र्राउने बारे विज्ञहरुबाट चुनौती एव सम्भावनाका विषयमा घनिघुत छलफल हुनेछ, ‘उनले भने, ‘पर्यटन प्रर्बद्धनका लागि हामीले भारतीय पर्यटन व्यवसायीसंग नेपालमा पर्यटक भित्र्राउन प्याकेज बनाउन योजना दिन्छौँ ।’
नेपाल एसोसिएन अफ टुर एण्ड ट्राभल एजेन्टस(नाटा) सुदूरपश्चिमका अध्यक्ष पदम विक्रम सिहले सुदूरपश्चिम पर्यटकीय गन्तव्यबारे बृतिचित्र प्रस्तुत गर्दै नेपाल र भारतका पर्यटन व्यवसायीविच सुदूरपश्चिमका पर्यटकीय गन्तव्य बारे थप जानकारी हुने भएकाले भारतका पर्यटक नेपालका विभिन्न स्थान र नेपालका पर्यटक सुदूरका पर्यटकीय गन्तव्यमा आउने वातावरण सृजना हुने भएकाले पर्यटन माध्यामबाट आर्थिक बृद्धि विकासमा टेवा पुग्ने बताए । ‘विगतमा पनि हामीले यस्ता कार्यक्रम गरेका थियौँ, ‘उनले भने, ‘यसबाट दुवै देशका पर्यटन व्यवसायीविच थप पर्यटकीय गन्तव्य बारे जानकारी भएर पर्यटनका लागि टेवा पुगेको थियो ।’

कञ्चनपुरका होटल व्यवसायी जगदिशचन्द्र भट्टले बिटुबी विच हुने यो पर्यटन महोत्सवबाट नेपालका पर्यटकीय गन्तव्य रहेका क्षेत्रमा राम्रो आतिथ्यता स्वागत गर्न सके थप पर्यटन प्रर्बद्धन हुने बताए । सुदूरपश्चिम प्रदेशका पर्यटन व्यवसायी माया प्रकास भट्टले पर्यटन विकासका लागि निजी क्षेत्रसंग सहकार्य अपरिहार्य रहेको बताए । भीमदत्त नगरका मेयर पदम बोगटीले कार्यक्रमबाट पर्यटन बृद्धि विकासका लागि टेवा पुग्ने बताए । नेपाल तथा भारतीय पर्यटन व्यवसायीविच छलफलदेखि महाकाली, कर्णालीमा ट्याफटिङ्गदेखि शुक्लाफाँटामा अवलोकन गराईने छ ।

ताजा समाचार