झोलुङ्गे  पुलकाे  मर्मत कार्य हुदै


खडक बहादुर काेली/ कञ्चनपुर  : कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका स्थाित रहेकाे महाकाली नदीमाथि   निर्मित झोलुङ्गे  पुलकाे  मर्मत कार्य सुरु गरिएकाे छ।

शुक्रबार २५ गतेदेखि मर्मत कार्य सुरु गरिएको र  काम  बैशाख ३१ गतेसम्म चल्ने  छ  बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म र  दिउँसो २ बजेदेखि बेलुका   ६ बजेसम्म पुल बन्द रहने भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत  महेश बहादुर बमले जानकारी दिएका छन्। भीमदत्त नगरपालिकाको आर्थिक वर्ष २०८१ / २०८२ को विनियोजित बजेट  बमोजिम  मर्मत कार्य सुरु गरिएको बमले बताए।

झोलुङ्गे पुल मर्मत समितिका अध्यक्ष वीरेन्द्र बहादुर सिंहले   आई बोल्ट ,एङ्गलका नट बोर्डहरू , डेग प्लट आई बोल्टहरू, खुकुला भएकाले नटबोर्डहरू कसिने र नभएका ठाउँमा नयाँ हालेर मर्मत गरिने सिंहले बताए। हाइबोर्डले पुलको जगको काम गर्ने र बोर्ड  खुकुला र भाँचिएपछि  फुल टेडो हुने गर्दछ। यस पुलको लम्बाइ १४५२.५ मिटर छ भने चौडाई १.६ मिटर रहेको छ।


Loading Viewer...

ताजा समाचार

spot_img