कञ्चनपुर जिल्ला जिम्न्यास्टिक्स संघ गठन, अध्यक्षमा भट्ट

महेन्द्रनगर: कञ्चनपुर जिल्ला जिम्न्यास्टिक्स संघ बिस्तार गरिएको छ।

बिहिवार एक कार्यक्रमका साथ कञ्चनपुर जिल्ला जिम्न्यास्टिक्स संघ गठन गरि जिल्ला अध्यक्षमा दिनेश राज भट्ट चयन भएका छन् ।

सुदूरपश्चिम प्रदेश जिम्न्यास्टिक संघ धनगढीको २०८२ बैशाख १६ को चन ०७ को प्राप्त पत्र बमोजिम कञ्चनपुर जिल्लामा जिम्न्यास्टिक्स खेलको विकास विस्तारका लागी सुप प्रदेश जिम्न्यास्टिक्स संघ का उपाध्यक्ष धर्म राज बोहराको अध्यक्षता तथा कञ्चनपुर जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपाल दत्त भट्ट को रहोबरमा कार्यसमिति गठन गरिएको हो।

कञ्चनपुर जिल्लाका जिम्न्यास्टिक्स खेल का खेलाडी एवम् खेलप्रेमी महानुभावको उपस्थितीमा जिल्ला जिम्न्यास्टिक्स संघ सर्वसम्मत गठन गरि जिल्ला संघको अध्यक्षमा दिनेश राज भट्ट, उपाध्यक्ष विनोद न्यौपाने,सचिव पुजा पाली, कोषाध्यक्ष लोक राज भट्टर, सदस्यहरु मा महेश्वर भट्ट, गणेश आग्री,दिनेश खाती चयन भएका छन्।

ताजा समाचार