कञ्चनपुर : राष्ट्रिय अभियन्ता राजु सिह खडकाले कञ्चनपुरको भीमदत्त नगर महेन्द्रनगरमा धर्ना दिएका छन । गत शनिबारदेखि राष्ट्रिय अभियन्ता खडकाले भीमदत्त नगरपालिका ४महेन्द्रनगर मदन चोकमा धर्ना दिएका हुन । खडकाले बालबालिकादेखि युवाहरुको हक अधिकारको विषय अघि सारेर धर्ना दिएको जनाएका छन । खडकाले जंगफुटका कारण बालबालिकाको स्वास्थ्यमा असर परेको भन्दै जंगफुट हटाउनुपर्ने र युवाहरुलाई स्वदेशमै रोजगारी दिनुपर्नेमा जोडदिएका छन । विषादी जंकफुटबाट बालबालिकाको हत्या गरी देशको स्रोत साधन तथा बेरोजगारी एव गै दलितका युवा बेची विदेशी ऋण अनुदान तथा विषादी मदिरा धुम्रपानको करबाट होईन, देशको स्रोत साधनबाट अर्थतन्त्र निर्माण गरी भ्रष्ट नेता प्रतिनिधी र कर्मचारी विलासितापूर्ति एव एकल महिला तथा बृद्धबृद्धलाई भत्ता दिनुपर्ने विशेष माग अघि सारेका छन ।

‘आर्थिक रुपमा विपन्न ब्रम्हमण क्षेत्री लगायत सबैलाई सरकारी निकायमा समान कोटा दिनुपर्छ, ‘उनले भने, ‘सबै नेपालीलाई राज्यबाट समान हक अधिकार सेवा सुविधा दिनुपर्छ ।’ गरिब बेरोजगारीका कारण राज्यबाट आर्थिक शोषणमा परेका तथा खाडी मुलुकमा स्वाभिमान र अस्थित्व गुमाई रहेका गैर दलितका युवाहरुलाई रोजगारी अनिवार्य हुनुपर्ने सो नभए बेरोजगार भत्ता दिनुपर्ने, यो नभए अमेरिका लगायतका देशहरुको भिसाा फ्रि गर्नुपर्ने यदी यो पनि सम्भव नभए राजनीतिमा लागेका गैर दलितका युवाहरुलाई बहुमतका आधारमा देशको जिम्मेबारी दिनु्पर्ने बताए ।

समानताका लागि गैर दलित युवाहरु एकजुट हुनुपर्ने उनको भनाई छ । पोषिलो भोजनबाट सन्तानको पालना पोषण नगर्ने अभिभावकलाई सरकारी सुविधाबाट बञ्चित गर्नुपर्ने, मोटो तथा बाल बालिकाको स्वास्थ्य जाँचगरी उपचारका लागि अभिभावकलाई जडीबुटी चिनाई औषधी तथा जैविक मल बनाउन र उपचार एव अर्गानिक खेतीगर्न सिकाई नेपाली समाजमा प्राकृतिक ृउपचार एव स्वरोजगार स्थापना गर्नुपर्ने, विद्यालयका प्रत्येक कोठामा चारै कुनामा गमलामा तुलसी रोप्ने, विद्यालयका प्रत्येक कोठामा घैटोमा पानी र पानीमा तुलसीका पात तथा जिरा हाली पानीलाई शुद्ध गर्ने र पिरियड चेन्जका बेला विद्यार्थीलाई उक्त पानी अनिवार्य पिउन लगाउने, विद्यालय क्षेत्रमा जकफुट, मदिरा धुम्रपान बन्द गर्नुपर्ने, घरकै ताजा खाना खाने वातावरण मिलाउनुपर्ने, विद्यालयमा स्वास्थ्य सेवाविस्तारमा जोडदिएका छन ।

मानव स्वाथ्यका लागि खडकाले भीमदत्त नगरपालिका १३ वडा कार्यालयले १५दिने जडीबुटी तालिम दिएको जनाएको छ । खडकाले लालपुर तथा महाकाली आयुर्वोद औषधालयको सहयोगमा माटो कृषि गहुबाली बाल बालिका महिला एव बृद्धबृद्धाहरुको स्वास्थ्य जाँच गर्दा मोटोमा प्राङगारिक पदार्थको कमि र माटोमा अम्लियता आएको पाईयो । कृषि उत्पादनमा ह्रास तथा गहुबाली पहेला रोग देखा परेकोे पाईएको, बालबालिकामा क्यालसियम आईरनको कमि तथा दीर्घरोग अत्यधिक देखा परेकाले विषयमा प्रमाणित गर्दै अर्गानिक खेतीका लागि जैविक मल किटनासक औषधी बनाउने तथा पोषकतत्व भएका एव दिर्घरोगीको उपचार हुने जडिबुटी दिएको जनाएको छ ।






