महासंघका निर्वतमान सचिव अवस्थीद्वारा पत्रकार कल्याण कोष स्थापनार्थ सहयोग घोषणा


कञ्चनपुर : नेपाल पत्रकार महासंघ कञ्चनपुरका निर्वतमान सचिव राजेन्द्र प्रशाद अवस्थीले पत्रकार कल्याण कोष स्थापनार्थ सहयोग घोषणा गरेका छन । पत्रकार महासंघ जिल्लाका निर्वतमान सचिव एव प्रेस सेन्टरका सचिव अवस्थीले पत्रकार कल्याण कोषको स्थापनार्थ आर्थिक सहयोगको घोषणा गरेका हुन ।

नेपाल पत्रकार महासंघ कञ्चनपुरका सल्लाहकार जनसरोकार पोष्ट दैनिकका प्रकाशक पत्रकार अवस्थीले ११ हजार १ सय ११ रुपैया आर्थिक सहयोग गर्ने घोषणा छन । पवित्र भावनाका साथ महासंघले पत्रकारहरुको हितमा खर्च गर्ने गरि स्थापना गर्न लागेको पत्रकार कल्याण कोषको स्थापनार्थ सकेको सहयोग गर्न लागेको बताउँदै अवस्थीले आगामी दिनहरुमा अझै सहयोग गर्ने समेत प्रतिबद्धता जनाए । जिल्लाका संचारकर्मीलाई घटना, दुर्घट्ना, गम्भीर रोग र पत्रकार वा परिवारका सदस्यहरुको देहान्त भएको समयमा थोरै भएपनी पत्रकार कल्याण कोषको ब्याज रकम बाट आर्थिक सहयोग गर्ने मनसायले पत्रकार कल्याण कोषस्थापना हुन लागेकोले सबैलाइ उनले सहयोग गर्न आग्रह गरेका छन ।

अवस्थीले पत्रकार कुनै घटना दुर्घटनामा पर्दा वा बिरामी हुदाँ आर्थिक समस्याको मारमा पर्ने गरेको र आर्थिक जोहो गर्न समस्या हुने भएकाले थोरै भएपनी पत्रकार कल्याण कोषको स्थापना गरि आर्थिक सहयोग गर्ने मनसायले महासंघ शाखा कंचनपुरले कल्याण कोषको स्थापना गर्न लागेको बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img