सरकारले धोका दिएको भन्दै अभियन्ता खडका धर्नामा


कञ्चनपुर : सरकारले नागरिकको मौलिक हक अधिकारमा धोका दिएको भन्दै एक अभियन्ता धर्नामा बसेका छन । तीन तहका सरकारले आफ्नो प्रतिवद्धता अनुसार माग पूरा गर्न नसकेको भन्दै राष्ट्रिय अभियन्ता राजु सिंह खडका मदनचोकमा धर्नामा बसेका हुन । भीमदत्त नगरपालिका ५ वनगाउँका खडकाले गत वर्ष लागु औषध पीडित बालबालिकाको उपचार, विषादी नियन्त्रण, देशका सबै युवालाई समान सुविधा प्रदान लगायतका विभिन्न मागहरु गर्दै लामो समय धर्ना र अनशन बसेका थिए । उनले तीनै तहका सरकारका निकायलाई आफ्ना मागहरु बुझाएका थिए ।

खड्काको धर्ना र अनशनपछि तीन तहका सरकारले सात दिनभित्र माग पूरा गर्ने प्रतिद्धता गरेका थिए । एक वर्षसम्म प्रतिवद्धता पूरा नभएपछि खड्काले फेरि धर्ना बसेका छन । शनिबारदेखि मदनचोकमा उनी धर्ना बसेका छन् । पहिलो चरणमा धर्ना बसेका उनी यसपछि फेरि अनशन बस्ने छन् । आइतबार विहानदेखि उनी मदनचोकमा धर्ना बसेका छन । सरकारले आफूसित गरिएको सहमति अनुसार माग पूरा नगरेपछि धर्ना बसेको खड्काले बताए । ‘मसित गरिएको प्रतिवद्धता अनुसार माग पूरा नभएपछि धर्ना बसेको छु’ उनले भने ।धर्ना स्थललमा ब्यानर लगाइएको छ । धर्नास्थलमा खडकाले सरकारसित राखेका विभिन्न माग समावेश गरिएका पम्पलेटहरु छन् । धर्ना स्थलमा आउने व्यक्तिलाई खडकाले आफ्ना मागको पम्पलेट दिने गरेका छन् ।

खडका गत वर्ष भीमदत्त नगरपालिका कार्यालयमा धर्ना बसेका थिए । खड्काले विद्यालका बालबालिकाहरुको दिवा खाजा कार्यक्रममा पनि पौष्टिक हुनु पर्ने आवाजा उठाउँदै आएका छन् । ६६ वर्षिय खड्का ०७४ सालदेखि विभिन्न माग राख्दै सरकारलाई दबाव दिँदै आएका छन् । ०७४ मा उनले विरामीहरुलाई जडीबुटी चिनाएर उपचार गर्ने कार्य सुरु गरेका थिए । बजार क्षेत्रमा औषधिले सर्वसाधारण मारमा परेको भन्दै उनले जडीबुटी उपचारलाई अघि बढाएका माग पुरा नहुदासम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img