महेन्द्रनगर : फुटबल फर अल लिडरशिप कार्यक्रममा भाग लिन एम्पुटी फुटबल खेलकुद समाज नेपालका संस्थापक रोकाया मलेसिया प्रस्थान भएका छन्।

सनिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट नेपाली एम्पुटी फुटबल खेलकुद समाज नेपालका संस्थापक मदनमान सिंह रोकाया फुटबल फर अल लिडरशिप कार्यक्रममा भाग लिन मलेसिया प्रस्थान भएका महासचिव डिल्ली बहादुर बिष्टले बताउनु भयो छ।

उनका अनुसार, ४ मे देखि १० जुलाई २०२५ सम्म क्वालालम्पुर मलेसियामा आयोजना हुने एशिया/ओशिनिया २०२५ फुटबल फर अल लिडरशिप कार्यक्रममा भाग लिन नेपालको तर्फबाट गएका हुन्।

नेपाल एम्पुटी खेलकुद समाज नेपालले विश्व एम्पुटी फुटबल महासंघमा समेत सदस्यता पाएको छ। बंगलादेशको राजधानी ढाकामा आयोजना भएको एसियन एम्पुटी फुटबल च्याम्पियनसिप २०२५ मा समेत सहभागिता जनाएको थियो।
पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै नेपालले डेब्यू गरेको हो। नेपाल लगायत ५ देशको सहभागिता रहेको एसियन च्याम्पियनसिपमा नेपालले अनुभव बोट्ल्दै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको यात्रा समापन गरेको थियो।
नेपाल एम्पुटी फुटबलको बिकासको लागि सबैको साथ सहयोगको पछिल्लो समयमा अति नै आवश्यकता रहेको छ। जसमा नेपाल सरकार लगायत सम्बन्धित निकायले बेलैमा ध्यान दिनु जरुरी रहेको छ।
