कञ्चनपुर: कञ्चनपुरको लालझाडी एक युवक मृत फेला परेका छन । बुधबार बिहान लालझाडी गाँउपालिका ४ सिलकट्टी जाई शिबिरका ३५ बर्षिया युवक राम रेसर राना मृत फेला परेका हुन । राना घर नजिकै मोटरघाट सडक छेउमै मृत फेला परेकोे प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक झलक शर्माले साईकल सहित मृत घटनाका अनुसन्धान शुरु भएको बताए । तर मृतक राना परिवारले निधारमा घाउ भएकाले कसैले कुटपिट वा हत्या गरेको भन्दै निष्पक्ष छानबिनको माग अघि सारेका छन । मंगलबार साँझ राना खाना खाएर घरबाट साईकल समातेर निस्किएका थिए । मृत भेटिएको स्थानमा साईकल सहित उनको माथिल्लो जिउको कपडा थिएन ।







