कञ्चनपुर : कञ्चनपुरको भीनपा –१५ गोवरैया कालिका टोल रामजी चौकमा सञ्चालन भएको योग शिविरआज विधिवत रुपमा सम्पन्न भएको छ । ‘योग गरौँ, निरोगी रहौँ’ भन्ने मूल नाराका साथ रामजानकी योग साधना केन्द्रको आयोजनामा बैशाख ७ गते आइतबार पतञ्जलि नेपालका केन्द्रीय सदस्य कमला सापकोटाले समुद्घाटन गरी सञ्चालन गरेको योग शिविरको बैशाख १५ गते सोमबार विधिवत रुपमा होम गरी समापन्न गरिएको छ ।


९ दिन सम्म सञ्चालन भएको योग शिविरमा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो । योग शिविरमा सहभागी भएका सन्तोष खरेलले योग शिविरमा आएर योग गरे देखि आफूले दिनभरी शरीरमा स्फूर्ति रहेकोले आगामी दिनमा पनि योग गर्ने बताए । उनले भने‘ बिहान सुतेर जाने समयमा योग गर्दा शरीरलाई फाइदा हुन्छ भने किन ? योग नगर्ने ।’ त्यसैगरी योगमा सहभागी शिवु कँडेलले कार्य व्यस्तताले गर्दा शारीरिक काम नहुने भएकोले बिहानको समय निकालेर योग गर्नु एकदम उचित हुने बताए । उनले भने ‘स्वस्थ्य, निरोगी रहनको लागि पनि योग गर्नु जरुरी छ ।


नौ दिन सम्म सञ्चालन भएको योगमा रामजानकी योग साधना केन्द्रका संयोजक करबरि सिह भण्डारी, साधना भट्ट, रुपेस भट्ट, तारा चन्द, लक्ष्मी जोशी, अन्जिला सिह, निर्मला जोशी र यमकला खरेलको अथक प्रयासमा योग गुरु पतञ्जलि नेपाल केन्द्रीय सदस्य कमला सापकोटा, कञ्चनपुर जिल्ला अध्यक्ष कमला पाण्डेय, महा सचिव प्रेम भाट, कोषाध्यक्ष महेश चन्द लगायतका गुरुहरूले योग सञ्चालन गर्नु भएको थियो । योग गुरु तथा पतञ्जलि कञ्चनपुरका कोषाध्यक्ष महेश चन्दले १६ गते बाट भीनपा १५ को वडा कार्यालयको हलमा नियमित रुपमा योग सञ्चालन हुने भएकोले सम्पूर्ण स्थानीय बासिन्दा तथा योग शिविरमा भाग लिएका सबैलाई बिहान ४ः३० मा सहभागी जनाउन अनुरोध गर्नुभयो ।







