कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरमा आधुनिक जिम हाउस तेक्वन्दो डोजाङ्ग संचालन गरिएको छ । भीमदत्त नगरपालिका १८ वागबाणी जिम हाउस तेक्वान्दो डोजाङ्ग संचालन गरिएको हो ।

औपचारिक उद्घाटन गर्न बाँकी रहे पनि मंगलबारदेखि संचालनमा आएको जनाईएको छ । जिम हाउस तेक्वान्दो डोजाङ्गका संचालक हेम बहादुर बस्नेतले स्वास्थ्य जिवनका लागि बालबालिकादेखि युवाहरुका लागि जिम हाउस तेक्वन्दो डोजाङ्ग संचालनमा ल्याएको बताए । उनले भने ‘आमनागरिकको स्वास्थ्यलाई मध्य नजर गरि यस भीमदत्त नगरपालिका १८ स्थित बागवानीमा जिम हाउस तेक्वान्दो डोजाङ सञ्चालनमा ल्याएको छु ।’

उनका अनुसार किशोर देखि युवा पुस्ता कुलतमा फसेपछि जोगाउनका लागि जिम हाउस तेक्वन्दो डोजाङ्ग संचालनमा ल्याएको छ । डमी सहितका खेलकुदका आधुनिक समाग्री सहित जडित जिम हाउसमा खेलाडीको आकर्षण बढिरहेको छ ।







