कञ्चनपुर : नेकपा माओवादी केन्दै निकट योङ्ग कम्युनिष्ट लिग नेपाल बेलौरी नगरको अध्यक्षमा राजेश भट्ट चयन भएका छन । मंगलबार वाईसियल बेलौरीको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा भट्ट चयन भएका हुन । वाईसियल कञ्चनपुरका इन्चार्ज रघुबिर धामी(तुफान)का अनुसार भट्टको अध्यक्षतामा ३७ सदस्यीय नगर कार्य समिति विस्तार गरिएको छ ।

कार्यक्रममा नेकपा माओवादी केन्दीय सदस्य तथा प्रदेश सभा सदस्य पुर्वमन्त्री ओम विक्रम भाट(सरल), माओवादी नेता एव बेलौरी नगरका मेयर पोतिलाल चौधरी, वाईसियल नेपालका केन्दीय सचिवद्वय अर्जुन सिह साउद, नवराज ऐर,जिल्ला इन्चार्ज तुफान, संयोजक तिलक जप्रेल सहितका वाईसियल एव माओवादी नेताहरुले नव गठित वाईसियल नगर कमिटिका पदाधिकारी एव सदस्यहरुलाई बधाई तथा शुभकामना दिर्दै युवा र जनताका पक्षमा काम गर्ने आब्हान गरेका छन ।







