कञ्चनपुर : बेलौरी नगरपालिका–१०, शिवनगर निर्मल आर्यघाट नजिकै एक युवकको जलेको अवस्थामा शव भेटिएको छ साथै उनी सँग रहेको मोटरसाईकल पनि पुर्णरुपमा जलेको अवस्थामा भेटिएको छ ।

विहान शव जलेको अवस्थामा भेटिए पछि स्थानियको भिड लागेको थियो । मृत्यकको नजिकै भेटिएको पर्स र मोबाइल बाट पहिचान खुलेको छ । शव बेलडाँडी गाँउपालिका ३ कमरीका हरीकृषन रानाको भएको खुल्न आएको छ । उनको घरपरिवारले हत्या भएको आंशाका गरेका छन् ।

घटना स्थलमा प्रहरीले अनुसन्धान गर्दैछ भने शवको मुचुल्का उठाई पोष्टमार्टमको तयारी गरी रहेको छ ।







