सुदूरपश्चिम प्रदेश विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई तालिम

कञ्चनपुर : सुदूरपश्चिम प्रदेशका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई तालिम दिईएको छ । शिक्षा विकास निर्देशनालय दिपायल, डोटीले सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघसंगको सहकार्यमा तालिम दिईएको हो । शुक्रबारदेखि महेन्द्रनगरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई तालिम दिएको महासघले जनाएको छ ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका केन्द्रीय सचिव बिरेन्द्रराज विष्टले दुई दिने तालिममा सुदूरपश्चिम प्रदेशका ९वटै जिल्लाका ८८पालिकाका सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई तालिम दिएको बताए ।

सचिव विष्टले पहिलो पटक प्रदेशभरीकै सामुदायिक विद्यालयका अध्यक्षहरुलाई एकै पटक तालिम दिएको बताए ।
कार्यक्रममा शिक्षा विकास निर्देशनालय दिपायल डोटीका महानिर्देशक दुर्गादत्त विष्टले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि गरिएको कार्यक्रमबाट सिकेका विषयबस्तु व्यवहारिक जिवनमा प्रयोग गर्न आग्रह गरेका छन । ‘सार्वजनिक शिक्षा सुधारका लागि विद्यालय व्यवस्थापन समितिको पनि महत्वपूर्ण भूमिका हुन्छ, ‘महानिर्देशक विष्टले भने, ‘सामुदायिक विद्यालयको बृद्धि विकासका लागि सरकारको मात्रै नभई समुदायका अध्यक्ष ज्यूहरुको पनि भूमिका प्रभावकारी हुन्छ ।’ महानिर्देशक विष्टले महासंघबाट शिक्षा निर्देशनालयलाई आएको आग्रह अनुरुप कार्यक्रमम संचालन गरिएको बताए ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका केन्द्रीय अध्यक्ष गुणराज मुक्तानले सार्वजनिक विद्यालयको बृद्धि विकासका लागि अध्यक्षहरुलाई शिक्षा अपरिहार्य रहेको बताए । उनले प्रदेशभरीका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुसंग सरोकारवालाहरुलाई अन्तरकृया गराएर थप बृद्धि विकासमा जोडदिए । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष प्रेमसिह भाटले तालिममा सिकेका विषयबस्तु व्यवहारिक कार्यान्वयन गरेसंगै सामुदायिक विद्यालयको उन्नतीमा टेवा पुग्ने बताए । पहिलो पटक विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको एकै पटक अन्तरकृया, प्रशिक्षण तालिम संचालन भएपछि समितिका अध्यक्षहरुले समेत कार्यक्रम प्रभावकारी भएको बताएका छन । शनिबार सम्पन्न भएको उक्त तालिममा विद्यालयका अध्यक्षहरुले समग्र शैक्षिक सुधारका विषयमा समेत छलफल गरिएको छ ।

ताजा समाचार