ककालु मार्टले ल्यायो, ककालु फाष्ट फुड


महेन्द्रनगर : कञ्चनपुर जिल्लोका सदरमुकाम महेन्द्रनगरको सेवा ग्राहीहरुलाई मध्य नजर गदै फाष्ट फुड सञ्चालनमा ल्याएको छ । भीमदत्त नगरपलिका ०४ स्थित रहेकोे ककालु मार्टले ककालु फाष्ट फुड सञ्चालनमा ल्याएको हो । नयाँ साललाई मध्य नजर गर्दै सेवाग्राहीहरुको माग अनुसार मगलबार देखी ककालु मार्टले काकालु फाष्ट फुड ल्याएको सञ्चालक जितेन्द्र चन्दले बताए उनले भने ‘बेलुका ५ बजे देखि राति ९ बजे सम्म फाष्ट फुड सेवा प्रदान गरिने छ ।’

थ्रि स्टार फुड प्रा.लि. बाट उत्पादित भएका परिकारहरुको स्वाद मंगलबार २ गते निःशुल्क रुपमा सेवाग्रहीहरुलाई उपलब्ध गराएका थिए जसमा आईसक्रिम, विभिन्न प्रकारका ससेज, मः म रहेका थिए । सेवाग्रहीहरुले उक्त परिकार स्वादिष्ट रहेको बताए । ककालु फाष्ट फुडमा थ्रि स्टार फुड कम्पनीका परिकार रहेका छन् जुन स्वादको साथै पौष्टीक आहारको रुपमा पनि रहकाे सञ्चालक चन्दले बताए ।

हजुरआमा कलावती चन्द र हजुरवुवा कालु चन्दको नाम बाट सञ्चालनमा ल्याएको ककालु मार्टले विगत लामो समय देखि सेवा दिदै आएको छ । कोरोना कालमा पनि स्थानिय जनतालाई सेवा दिएको, उक्त मार्टले नयाँ वर्ष सँगै हालै निर्माण गरेको बैजनाथ माध्यमिक विद्यालयको सटर बाट सञ्चालन गर्ने भएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img