शिक्षक आन्दोलनमा विद्यालय व्यवस्थापन समिति महासंघ बेदकोटको ऐक्यबद्धता


कञ्चनपुर : २० चैत्रदेखि देशभरका सामुदायिक विद्यालयका अध्ययनरत शिक्षक संघीय राजधानी काठमाण्डौँमा सडक आन्दोलनमा उत्रिएका छन । विद्यालय शिक्षा ऐन संसदबाट पारितको माग अघि सारेर देशभरका सामुदायिक विद्यालयका अध्ययनरत शिक्षक संघीय राजधानी काठमाण्डौँमा सडक आन्दोलनमा उत्रिएका हुन । तर, उनीहरुको मागमा सरकारले सुनुवाई नगरेपनि सत्ता विपक्षी नेकपा माओवादी सहितका राजनैतिक दल, शिक्षासंग सरोकार राख्ने संघ संगठनहरु ऐक्यबद्धता जाहेर गर्दै शिक्षकका जायज माग पुरा गर्नका लागि दवाव दिईरहेका छन ।

यसैविच कञ्चनपुर बेदकोट नगरको सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले समेत ऐक्यबद्धता जाहेर गरेको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल बेदकोट नगर समितिले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै संविधान कार्यान्वयनका लागि भएपनि शिक्षकका माग सरकारले माग पुरा गर्नुपर्नेमा माग अघि सारेका छन ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल बेदकोट नगरका अध्यक्ष गणेश नेपाली, सचिव दल बहादुर धामीद्वारा हस्ताक्षरित गरिएको प्रेस विज्ञप्तीमा शिक्षकका जायज माग पुरा गरेर शिक्षकलाई सडकबाट विद्यालय कक्षा कोठामा आउने वातावरण बनाउन आग्रह गरिएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img