दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा अन्तर वडा स्तरिय फुटवल प्रतियोगिता सम्पन्न भएको छ् । दोधारा चाँदनी नगर खेलकुद बिकास समितिको आयोजनामा अन्तर वडा स्तरिय फुटवल प्रतियोगितामा मण्डली युवा क्लव दोधारा चाँदनी नगरपालिका– ६ बिजय भएको छ् । प्रतियोगितामा चाँदनी फुटवल क्लव दोधारा चाँदनी– २ उपबिजयता भएको नगर खेलकुद बिकास समिति दोधारा चाँदनीले जनाएको छ् । प्रतियोगितामा प्रथम हुने बिजयता टिम मण्डली युवा क्लव दोधारा चाँदनी नगरपालिका– ६ र उपबिजयता टिमलाई दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बु र नगरउपप्रमुख गंगा जोशीले नगद धनरासी, ट्रफी तथा प्रमाण पत्र प्रदान गर्नुभएको छ् । ‘स्वास्थ्यको लागी, राष्ट्रको लागी खेल’ नारा सहित दोधारा चाादनी नगरपालिका– ७ को लक्ष्मी माध्यमिक बिद्यालयको खेल मैदानमा अन्तर वडा स्तरिय फुटवल प्रतियोगिता सुरु गरिएको फुटवल प्रतियोगितामा दोधारा चाँदनी नगरपालिकाका १० फुटवल टिम सहभागिता रहेको थियो ।

प्रतियोगितामा बिजयता टिमलाई नगद धनरासी रु. ५१ हजार १ सय, ट्रफी र उप–बिजयता टिमलाई नगद धनरासी रु. ३१ हजार १ सय, ट्रफी तथा सम्मानको ब्यवस्था गरिएको थियो । प्रतियोगिताको समापन सत्रमा बोल्दै दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले फुटवल खेलको माध्यमबाट नगरपालिका र राष्ट्रलाई चिनाउने उद्धेश्यले स्थानिय सरकारले खेलकुदमा ठुलै लगानी गर्दै आएको बताउनुभयो । अव्वल खेलाडी उत्पादनको लागी वर्षेनी स्थानिय सरकारले रु. ३० देखि ४० लाख सम्म बजेट बिनियोजन गर्दै आएको उहाँले बताउनुभयो ।
खेलाडीहरु देशको गहना भएको र देशको नाउ उच्च राख्न खेल र खेलाडीको ठुलो योगदान रहने नगरप्रमुख लिम्बुले भनाई छ् । साबिकको दोधारामा फुटवल खेल र साबिकको चाँदनी गाबिसमा क्रिकेट खेलको बढी क्रेज रहेको हुदा दुवै खेललाई उच्च प्राथमिकतामा राख्दै स्थानिय सरकारले बिभिन्न समयमा प्रतियोगिता तथा नगरपालिकाका बाहिर हुने प्रतियोगितामा खेलाडीहरुलाई सहभागिता गराउदै आएको नगरप्रमुख लिम्बुले बताउनुभयो ।

