कञ्चनपुर : कञ्चनपुरको गड्डाचौकीमा तेस्रो मेयर क्रिकेट प्रतियोगिता हुन लागेको छ । विगतका बर्षहरु जस्तै यस बर्षपनि भीमदत्त नगरपालिका ११ गड्डाचौकीमा तेस्रो मेयर क्रिकेट प्रतियोगिता हुन लागेको हो । भीमदत्त नगरपालिका ११नम्बर वडा कार्यालयको आयोजनामा सोमबारदेखि हुने डेनाईट क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । भीमदत्त नगर ११का वडाध्यक्ष प्रंकास थापाले डे नाईट टि १० क्रिकेट प्रतियोगिताको फिल्डदेखि लाईटिङ्ग आवश्यक सबै तयारी पुरा भएको बताए । ‘हामीले सोमबार साँझ ५ बजेदेखि औपचारिक उद्घाटन गछौँ, ‘उनले भने, ‘प्रतियोगिताको उद्घाटन भीमदत्त नगरका मेयर पदम बोगटीले गर्नेछन ।’

प्रतियोगितामा आयोजक सहित भीमदत्त, दोधाराचाँदनी र बेदकोट नगरका विभिन्न वडाहरुका २४ टिम सहभागि भएका छन । विजेता टिमलाई नगद ३लाख, उप बिजेतालाई नगद १लाख ५० हजार सहित ट्रफि, मेडल, प्रमाण पत्र वितरण गरिएको छ । सेमिफाईन पुगेका अन्तिम २टिमलाई समेत सान्त्वना स्वरुप ७÷७ हजार दिईने छ । साथै उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गरिनेछ । यस बर्ष मास लाईटको समेत प्रबन्ध गरिएका.े छ । गणेश थापा, बिरेन्द्र शाही, नरेन्द्र भट्ट, गणेश आग्री अप्पायर रहेका छन ।
०७९ सालमा वडाध्यक्षमा निर्वाचित भएका काँग्रेस नेता समेत रहेका खेलप्रेमी प्रकास थापाले खेलकुद क्षेत्रको बृद्धि विकासका लागि आफ्नो क्षेत्रबाट सक्दो कार्यक्रम ल्याउने सकल्प गरेका थिए । पहिलो पटक ०७९, दोस्रो ०८० र तेस्रो ०८१मा सिद्धनाथ अमर माध्यामिक विद्यालयको प्राङगणमा क्रिकेट प्रतियोगिता गर्न लागेको छ । ‘हाम्रो उदेश्य खेलकुदको बृद्धि विकास खेलाडी उत्पादन गर्ने हो, ‘उनले भने, ‘यसलाई सबै खेलाडीले आत्मसाथ गर्नुपर्छ ।’ गाँउमै क्रिकेट प्रतियोगिता हुने भएपछि स्थानीय समेत हर्षित भएका छन । खेलाडी समेत रहेका स्थानीय समाजसेवी दिपक चन्दले खेलकुदमा खेलाडीले उच्च अनुशासनपुर्वक प्रर्दशन गर्नुपर्नेमा जोडदिएका छन ।

