कञ्चनपुर : कञ्चनपुरका भलिबल खेलाडीलाई पोषाक तथा खेलकुद समाग्री वितरण गरिएको छ । राष्ट्रिय खेलकुद परिषद तथा नेपाल खेलकुद विज्ञान प्रतिष्ठानले जिल्लाका खेलाडीलाई पोषाक सहित खेलकुद समाग्री वितरण गरिएको हो । आइतबार एक कार्यक्रमका विच जिल्ला भलिबल संघमा प्रशिक्षण गर्दै आएका ६० खेलाडीलाई खेल पोषाक वितरण गरिएको जनाएको छ ।

पोषाक वितरण कार्यक्रममा भलिबलका बरिष्ठ प्रशिक्षक प्रशिक्षक जगदिश भट्टले खेलकुदमा उच्च मेहनत गरेर अघि बढ्नुपर्ने बताए । नेपाल भलिबल संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष हरक सिह धामीले नयाँ खेलाडीले अनुशासिक रुपमा खेल खेल्नुपर्नेमा जोडदिएका छन ।

कार्यक्रमका प्रमुख अथिति समेत रहेका राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल सिघिङ्गले सुदूरपश्चिम खेलकुद क्षेत्रको बृद्धि विकासका लागि उर्बराभूमि रहेको बताए । जिल्ला भलिबल संघ कञ्चनपुरका अध्यक्ष श्यामसिह मौनीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन भलिबल संघ कञ्चनपुरका महासचिव उत्तम विष्टले संचालन गरेका थिए ।







