काठमाडौं – अभिनेता दीलिप रायमाझी चलचित्र ‘हेल्लो काँशीराम’ को प्रमोशनका लागि नेपाल आउने भएका छन्। उनी २ हप्ता भित्र नेपाल आइपुग्ने निर्माण कम्पनी रेडलाइन फिल्म स्प्रा.लीले जानकारी दिएको छ। पारिवारिक कामका लागि दीलिप केहि समय अघि अमेरिका प्रस्थान गरेका थिए। उनी अमेरिका गएको १ महिनामै नेपाल फर्किन लागेका हुन्। दिलिप नेपाल फर्किना साथ केहि मिडिया मा अन्र्तवार्ता, भेटघाट र दर्शक भेटघाटमा व्यस्त हुने निर्माण कम्पनिले जनाएकोछ।‘ हेल्लो काँशीराम आगामी जेठ २ गते बाट देशभरका हलमा एक साथ सार्वजनिक हुँदैछ।

‘हेल्लोकाँशीराम’ केहि दिनअघि मात्रै सेन्सर पास भएको थियो। यस चलचित्रलाई केन्द्रीय जाँच पास समिति (सेन्सरबोर्ड) बाट युनिभर्सल सर्टिफिकेट दिइएको छ। अब हरेक वर्गकादर्शकले ‘हेल्लोकाँशीराम’ सजिलै हेर्न पाउने छन्। त्यस्तै केहि समय अघि चलचित्रको फस्ट लुक पोस्टर सार्वजनिक गरिएको थियो। उक्त पोस्टरमा दीलिप रायमाझीले बोको बोकेर भागिरहेको दृश्यले दर्शकको ध्यान तानेको छ। निर्माता, निर्देश्क तथा अन्यकलाकारहरु भने प्रमोशनमा जुटिरहेका छन्। रेडलाइन फिल्म स्प्रा.लीको ब्यानरमा निर्माण भएको यस फिल्मको लेखन तथा निर्देशन रिम विश्वकर्माले गरेका हुन्। रिम निकै पुराना निर्देशक हुन्। यस फिल्मलाई पी.बी. थापाले लगानी गरेका हुन्। यमआलेले खिचेको फिल्मको लगानी डेढ करोड पुगेको बुझिएको छ। फिल्मलाई मित्रडी. गुरुङले सम्पादन तथा रंग संयोजन गरेका छन्।

फिल्ममा दिलीप रायमाझी सँगै वरिष्ठ कलाकारहरू सुरविर पण्डित, रामचन्द्र अधिकारी, शुशिल पोखरेल देखिनेछन्। त्यस्तै, हालका चर्चित हाँस्यकलाकार उमेर राई (फुलन्देकोआमा), भगेरीडन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु, विवेश पुरी लगायतका कलाकारहरु पनि फिल्ममा देख्न पाइने छ। यस फिल्ममा चर्चित अभिनेत्री प्रियंका कार्कीको समेत विशेष भुमिका रहेको निर्माण टिमले जनाएको छ। प्रियंका नेपाली फिल्म उद्योगको सफल अभिनेत्री भएकाले उनको उपस्थितिले फिल्मलाई थप बलियो बनाउने विश्वकर्माको भनाईछ। चलचित्रको नृत्य निर्देशन कवि राज गहतराज लेगरेका हुन्। द्वन्द्व निर्देशन शंकर महर्जनले गरेका छन्भने संगीत संयोजन नरेन्द्र बियोगी रविपिन आचार्यले गरेका छन्।

चलचित्रका गीतहरूमा प्रतापदास, मेलिनाराई, राजुपरियार, किरण सुनार र अनिकगिरीको आवाज रहेको जनाइएको छ। नेपाली साङ्गीतिक क्षेत्रका चर्चित गायक–गायिकाहरूको सहभागिताले फिल्मको संगीत पक्षलाई थप आकर्षक बनेको निर्माणपक्षको भनाईछ। निर्देशक विश्वकर्माले यस अघि ‘नेपालीवीर, सम्झिराख है, रेलिमाई’ लगायतका फिल्महरू निर्देशन गरिसकेका छन्, उनका फिल्महरूले नेपाली मौलिक कथा वस्तु, समाजका वास्तविकता प्रस्तुत गर्ने गरेका छन्। फस्टलुक पोस्टर र प्रदर्शन मिति एकै साथ सार्वजनिक गरेर प्रचार थालेको फिल्मको टिजर र गीत छिट्टै सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ।






