मातृ तथा नवजात शिशुको मृत्यु दर घटाउने उद्धेश्यले दक्ष प्रसुती प्रदायक तालिम

दोधारा । मातृ तथा नवजात शिशुको मृत्यु दर घटाउने उद्धेश्यले दोधारा चाँदनीमा दक्ष प्रसुती प्रदायक तालिम सम्पन्न भएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको स्वास्थ्य चौकी चाँदनीमा तिन दिने मातृ तथा नवजात शिशुको मृत्यु दर घटाउने उद्धेश्यले प्रसुतीकर्मीहरुलाई तिन दिने दक्ष प्रसुती प्रदायक तालिम सम्पन्न गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय स्वास्थ्य शाखाका सिनियर अनमी निरिक्षक नारा पन्तले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिकामा रहेको नगर अस्पताल र स्वास्थ्य चौकी चाँदनी प्रसुती केन्द्रका प्रसुतीकर्मीहरुलाई उक्त तालिम सञ्चालन गरिएको स्वास्थ्य शाखाका सिनियर अनमी निरिक्षक नारा पन्तले बताउनुभयो ।

तालिमले मातृ तथा नवजात शिशुको मृत्यु दर घटाउनमा मद्धत गर्ने दोधारा चाँदनी नगरपालिका कार्यालय स्वास्थ्य शाखाका सिनियर अनमी निरिक्षक नारा पन्तले बताउनुभएको छ् । प्रसुती केन्द्रको अवस्था, सुधारका पक्ष लगाएत बिषयमा छलफल र सुझाव संकलन गरिएको उहाँले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय स्वास्थ्य शाखाको आयोजना र युनिसेफको आर्थिक सहयोगमा नगर अस्पताल र स्वास्थ्य चौकी चाँदनीमा तालिम संचालन गरिएको दक्ष प्रसुती प्रदायक तालिमले मातृ तथा नवजात शिशुको मृत्यु दरलाई कम गराउने महत्वपूर्ण भूमिका खेल्ने दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभयो ।

तालिम प्रसुतीकर्मीहरुलाई निकै उपयोगी भएको उहाँको भनाई छ् । अहिले आएर प्रसुती केन्द्रमा अधिकांश बच्चा जन्म हुने हुदा दोधारा चाँदनी नगरपालिकामा रहेको प्रसुती केन्द्रलाई भरपर्दो र बिश्वासीलो बनाउन स्थानिय सरकार कटिबद्ध रहेको उहाँले बताउनुभयो ।

 

ताजा समाचार