निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाको शुक्लाफाँटामा बैठक सम्पन्न

पर्यटन प्रवद्र्धनका लागि छुट्टै सहकारी संचालनमा ल्याईने

भीमदत्त : भीमदत्त नगरपालिका कार्यालयको आयोजनामा संचालन भईरहेको आठौं शुक्लाफाँटा पर्यटन महोत्सव २०२५ मा सहभागिता जनाउन निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि.ले संचालक समितिको १६७औं बैठक शुक्लाफाँटा राष्ट्रिय निकुन्ज भित्र सम्पन्न गरेको छ ।

यहि मिति २०८१ फाल्गुण ९ गते देखि १५ गते सम्म आयोजना हुन गईरहेको शुक्लाफाँटा पर्यटन महोत्सव लाई सफल बनाउन तथा सहकारी कर्मीहरुको ध्यानार्कषण गराउन निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफनो संचालक समितिको बैठक शुक्लाफाँटा राष्ट्रिय निकुन्जमा आयोजना गरेको संस्थाका संस्थापक एवं कार्यकारी प्रमुख प्रेम सिंह भाटले बताउनु भएको छ । सहकारीका अध्यक्ष डम्बर दत्त भट्टको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न मितिमा सहकारी संस्थाको सदस्यता लिन चाहने १६४ जना महिला, २९९ जना पुरुषको सदस्यता अनुमोदन गरेको भने कञ्चनपुर जिल्ला भरी कार्यक्षेत्र रहेको सहकारीले कञ्चनपुरमा उत्पादित वस्तुलाई कोसेलीका रुपमा पहिचान गराउने, बिऊ श्रोत केन्द्र लाई व्यवसायीक बनाउने निर्णय गरिएको छ ।

यसै गरि आज बसेको निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाको मुख्य बिषयमा छलफल केन्द्रित भई कञ्चनपुर जिल्लाका पर्यटन व्यवसायी, पर्यटन उद्योगी, पर्यटन क्षेत्रका लागनी कर्ता, पर्यटन क्षेत्रका विज्ञ तथा पर्यटन क्षेत्र संग सरोकार राख्ने संघ, संस्था तथा व्यक्तित्व लगायत लाई आबद्ध गराई पर्यटन सहकारीको स्थापना र संचालनमा ल्याउन लागि निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाले पहल कदमी निर्णया भएको कुरा संस्थाका उपाध्यक्ष पवन चन्द्र लेखकले बताउनु भएको छ ।

ताजा समाचार