झलारी ः नेपाल शिक्षक महासंघ शुक्लाफाँटा नगर समितिले शिक्षक दरबन्दी मिलान तथा पुर्नवितरण कार्यदलमा शिक्षक प्रतिनिधिको प्रतिनिधित्वको माग गरेको छ । महासंघका नगर अध्यक्ष गोविन्द बहादुर ढाँटले सरोकारवाला पक्ष संग कुनै पनि किसिमको छलफल परामर्श विना नगरभरीका शिक्षकहरुमा पाँच वर्षे सरुवाका नाममा शुक्लाफाँटा नगरपालिकाको कार्यपालिकाले त्रासदीपूर्ण वातावरण सृजना गरेको बताउनु भयो ।

बृहत्त अन्तक्रिया, छलफल, बैठक मार्फत शिक्षकहरुसंग सम्बन्धीत विभिन्न मुद्दाहरुको सम्बोधन नगरी बेवास्ता गरिएको उहाँले बताउनु भयो । बालविकास शिक्षकहरुले हाल सम्म पनि संघीय सरकारले स्थानिय तहमार्फत मासिक तलव रु १७ हजारका दरले उपलब्ध गराउनु पर्नेमा रु १५ हजार मात्रै उपलव्ध गराउने कार्य गरिएको उल्लेख गर्नु हुदै उहाँलेले संघीय सरकारले तोके बमोजिमको तलवको व्यवस्था गर्न माग गर्नु भएको छ । नगर शिक्षा समिति यथासिघ्र गठन गरी शिक्षामा नविनतम प्रणाली सहित व्यापक सुधारका लागि कम्तीमा पाँच जना आइटी विज्ञ शिक्षकहरुको विशेष समिति गठन पर्नु पर्ने माग उहाँले अघि सार्नु भएको छ ।

“निमित्त प्रद्यानाअध्यापकको जिम्मा लिने गरी पठाईएका स्थायी शिक्षकहरुको यथासिघ्र पदास्थापन गरी तहगत प्रद्यानाअध्यापक व्यवस्थापनका नाममा स्थायी शिक्षकहरुलाई विद्यालय छनौट गर्ने अबसर दिनु पर्छ” उहाँले भन्नुभयो,“शिक्षा ऐन, नियमावली अनुसारको प्रजातान्त्रीक अधिकारको ग्यारेण्टी गरिनु पर्छ ।” नगरको समग्र शैक्षिक क्षेत्रको सर्वाङगीण विकासका लागि अनुकुल वातावरण कायम गरिनु पर्ने उहाँको जोड थियो ।

“संघीय अनुदानका शिक्षकहरुलाई आगामी दिनमा अप्ठेरो नपर्ने गरी व्यवस्थापन गर्नु पर्ने माग नगरकार्यपालिका समक्षा राखेका छौं” महासंघका सचिव राजेन्द्र बहादुर ऐरले भन्नुभयो, “पालिका अनुदान शिक्षकलाई समयसापेक्ष तलव भत्ताको व्यवस्था हुनु पर्छ भन्ने हाम्रो माग छ, लामो समय देखि नीजि श्रोतमा कार्यरत शिक्षकलाई आर्थिक प्योकेज दिएर सम्मान गरिनु पर्छ ।”
डाउनसाईज र मर्ज गरिएका विद्यालयका भौतिक संरचना जिर्ण बन्दै गएकाले त्यसको व्यवस्थामा जोड दिनु पर्ने कुरामा जोड दिदै उहाँले डाउनसाईज र मर्ज भन्दा पनि गुणस्तरीय शिक्षा प्रदान हुने गरी नविन सोच र उच्चस्तरीय प्रविधिका साथ विद्यालयमा पढाई हुने वातावरण कार्यम गरिनु पर्ने बताउनु भयो । बालबाविकास शिक्षकहरुलाई समय सापेक्ष अनुसार कम्तीमा तीन महिनाको विशेष मोन्टेश्वरी तालिम प्रदान गरी कक्षा कोठामा कम्तीमा रु तीन लाख देखि चार लाख सम्मको ल्याव सहितको सामुदायिक शिक्षा सवलिकरण गर्न योजना ल्याउनु पर्ने उहाँको भनाई थियो ।
प्रत्येक विद्यालयमा एक जना स्टाफ नर्श, एक जना खेल शिक्षक, सुरक्षा गार्डको व्यवस्था गरिनु पर्ने संगै कक्षा तीन र कक्षा पाँचमा पालिका स्तरीय बोर्ड परिक्षा गर्नु पर्ने सुझाव उहाँले दिनु भएको छ । अनुदानमा कार्यरत सबै प्रकृतिका शिक्षकहरुको अुटट सेवा र सञ्चित विदाको अभिलेखिकरणको माग उहाँले अघि सार्नु भएको छ । यस बारे नगर प्रमुख रण बहादु महरालाई ज्ञानपन पत्र बुझाउने कार्य शिक्षक महासंघमा आवद्ध शिक्षकहरुले गर्नु भएको छ । ज्ञापन पत्रमा उल्लेख भएका मागहरुको अध्ययन गरी लागु गर्नका लागि प्रयासरत हुने नगर प्रमुख महराले प्रतिवद्धता व्यक्त गर्नु भएको शिक्षकहरुको भनाई रहेको छ ।
