जिल्ला समन्वय समिति अनुगमन टाेलीद्वारा मछेली खाेलामा छड्के

महेन्द्रनगर : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेकाे मछेली खोलामा जिल्ला अनुगमन समितिले ढुङ्गा, गिट्टि उत्खननको छडके अनुगमन गरेको छ ।

आईतबार जिल्ला अनुगमन समिति समन्वय प्रमुख दुर्गा दत्त बोहराको संयोजकत्वमा कृष्णपुर ०४ मछेली उत्तर क्षेत्रको खोलामा भईरहेको उत्खनन्को छड्के अनुगमन गरेको हो ।

जिल्ला समन्वय उप प्रमुख,कृष्णपुर नगरपालिकाका नगर उपप्रमुख,जिल्ला अधिकारी,जिल्ला प्रहरी कार्यालय प्रमुख ,सशस्त्र प्रहरी प्रमुख , समन्वय तथा समन्धीत नगरका ईन्जिनियर, ओभरसीयर, रोयल्टी ठेकेदार लगायतको सहभागिता रहेको थियो ।

उक्त क्षेत्रको अनुगमन गर्दा ढुङ्गा,गिट्टि उत्खननमा देखिएका केहि त्रुटिहरुलाई सम्बन्धीत पक्षले समयमा सच्याउन निर्देशन गरीएको थियो भने सामुदायिक वन तथा सडकमा थुपारीएका ढुङ्गाहरु हटाउन सम्बन्धी निकायलाई निर्देशन गरीने समन्वय प्रमुख बाेहराले बताउनु भएकाे छ ।

ताजा समाचार