कञ्चनपुर : कञ्चनपुरको एक सामुदायिक वनको नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएको छ । शुक्लाफाँटा नगरपालिका ८ पारीफाँटामा रहेको भगवती सामुदायिक वनको नेतृत्व(अध्यक्ष) चयनमा निर्वाचन भएको हो । भगवती सामुदायिक वनका निर्वतमान अध्यक्ष केशव सिह धामीले नेतृत्वमा सहमती हुन नसकेपछि चुनाव भएको बताए ।

अध्यक्ष बाहेक पदाधिकारी र सदस्यमा सर्वसम्मत भएपनि नेतृत्वमा सहमती हुन नसकेपछि दुई उम्मेदवार चुनावी मौदानमा होमिएका थिए । सत्ता गठबन्धन काँग्रेस, एमालेबाट एमाले नेता गणेश सिह ठगुन्ना र विपक्षी दल नेकपा माओवादी केन्द्रबाट सोवन सिह धामी चुनावी मैदानमा उत्रिए । सोबनले गणेशलाई ३९मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन ।
सोबले २३९ र गणेशले २सय मत ल्याएका छन । कुल ४सय ५८मतदाता रहेका छन । भगवती सामुदायिक वनको अध्यक्षमा निर्वाचित भएका सोवन सिह धामीले पर्यावरण सरक्षणदेखि उपभोक्ताको हितमा काम गर्ने प्रण गरेका छन ।
