कञ्चनपुर,: कञ्चनपुरको एक निजी विद्यालय माउण्ट अपि ईङलिस बोडिङ्ग स्कुलको बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । कृष्णपुर नगरपालिका ३देखतभूलीमा रहेको माउण्ट अपि ईङलिस बोडिङ्ग स्कुलको २५औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल झेली रानाले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको शैक्षिक गुणस्तर थप बृद्धि गर्दैै जाने प्रतिबद्धता जाहेर गरेका छन । विद्यालयले ग्रामिण भेगमै स्तरिय शिक्षा प्रदान गर्दै आएको दावि गरेको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेश सभा सदस्य सांसद बिक्रम सिह धामीले ग्रामिण भेगमा रहेको विद्यालयलले गरेको शैक्षिक उन्नतीको प्रसंसा गर्दै उक्त विद्यालयबाट अन्य विद्यालयले समेत शैक्षिक गुणस्तर सिक्नुपर्नेमा जोडदिएका छन ।
कार्यक्रममा विवित साँस्कृतिक नृत्य सहित उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमको अध्यक्षता ग्रहण समेत गरेका विद्यालयका संस्थापक मिन बहादुर सिहले आगामी दिनमा भौतिक, विज्ञान सहितका विषय अघि सारेर शैक्षिक गुणस्तर बृद्धि गर्र्दैै जाने प्रतिबद्धता जाहेर गरेका छन । शिक्षकद्वय प्रतिभा सिह र आकास दयालले संचालन गरेको कार्यक्रममा जनप्रतिनिधी, शिक्षक, अभिभावक, विद्यार्थी, सहितको सहभागिता रहेको थियो ।
