लिटिलबुद्ध एकेडेमीको १८औँ बार्षिकोत्सव, विद्यार्थीको तिव्र आकर्षण

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका ३ महेन्द्रनगरमा रहेको लिटिलबुद्ध एकेडेमी विद्यालयले बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । बुधबार एक कार्यक्रमका विच लिटिलबुद्ध एकेडेमी विद्यालयले १८औँ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।

कार्यक्रममा लिटिलबुद्ध एकेडेमीका प्रिन्सिपल श्याम सिह मौनीले शैक्षिक गुणस्तरसंग सम्झौता हुन नसक्ने बताउँदै पछिल्ला बर्षहरुमा विद्यालयको तिव्र आकर्षण बढिरहेको बताए । नियमित पठन पाठनका अतिरिक्त विद्यालयले शैक्षिक कृयाकलाप गरिरहेको बताए । विद्यालयले राष्ट्रिय एव अन्र्तराष्ट्रिय स्तरमै सम्मान पाएसंगै विद्यालयको छवि उच्च रहेको दावि गरिएको छ ।

कार्यक्रममा उत्कृष्ठ विद्यार्थीलाई पुरस्कारदेखि सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेको सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री बहादुर सिह थापाले विद्यालयले शैक्षिक गुणस्तर बृद्धि गरेको भन्दै प्रसंसा गरेका छन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधी सहित, दलका प्रतिनिधी, शिक्षक, अभिभावक, विद्यार्थी सहितको सहभागिता रहेको थियो ।

ताजा समाचार