कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकाको एक सामुदायिक विद्यालयले बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । भीमदत्त नगरपालिका १४ बनकट्टीमा रहेको बैजनाथ माध्यामिक विद्यालयले बुधबार ४६औँ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।

कार्यक्रममा बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रद्यानाध्यापक पुष्पमणी जोशीले पछिल्ला बर्षहरुमा सबैको साथ सर्मथनमा विद्यालय शैक्षिक गुणस्तर बृद्धिमा प्रंयास गरिरहेको बताए । गत विगतका बर्षहरु भन्दा पनि अहिले विद्यार्थी संख्या समेत बृद्धि भएको उनले बताए । सामुदायिक विद्यालयको विकासका लागि समुदायदेखि सरोकारवालाले भूमिका निर्वाह गर्नुपर्ने बताए । कार्यक्रमकी प्रमुख अथिति समेत रहेकी सुप प्रदेश सरकारकी पुर्वमन्त्री एव सांसद लक्ष्मी विकले विद्यायको बृद्धि विकासका लागि आफुले सहयोग गर्ने बचत दिएकी छिन ।

भीनपा १४का वडाध्यक्ष डा. भोजराज जोशीले पनि विद्यालयको बृद्धि विकासका लागि सहयोग गर्ने बचन दिए । कार्यक्रममा विद्यालयको विकासका लागि सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । बैजनाथ माध्यामिक विद्यालयका अध्यक्ष हर्क बहादुर खातीको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधी सहित, दलका प्रतिनिधी, शिक्षक, अभिभावक, विद्यार्थी सहितको सहभागिता रहेको थियो ।

