न्यु सरस्वती विद्या मन्दिरको २२औँ बार्षिकोत्सव

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका १२ ऐरी स्थित न्यू सरस्वती विद्या मन्दिरले बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । बुधबार एक कार्यक्रमका विच न्यू सरस्वती विद्या मन्दिरले २२औँ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । कार्यक्रममा बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रिन्सिपल अमराज भट्टले पछिल्ला बर्षहरुमा विद्यालयले शैक्षिक गुणस्तर बृद्धि गर्दैै गएको बताए । प्रिन्सिपल भट्टले विद्यालयमा नियमित पठन पाठनका साथै अतिरिक्त कामकाज भईरहेको बताए ।

कार्यक्रममा उत्कृष्ठ विद्यार्थी सृजना देउवालाई साईकल र डिन एन क्लिन सुमन चौधरीलाई पुरस्कार गरिएको छ । पूर्व विद्यार्थी डा. लिलाधर ओझालाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर राना(मगर)ले विद्यालयले शैक्षिक गुणस्तर बृद्धि गर्दै गएको र आगामी दिनमा पनि गर्नुपर्नेमा जोडदिएका छन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश सिह भण्डारीको सभापतित्वमा रहेको कार्यक्रममा अभिभावक, विद्यार्थी, सरोकारवालाको सहभागिता रहेको थियो ।

ताजा समाचार