कञ्चनपुर : कञ्चनपुरकाे महेन्द्रनगरमा उत्कृष्ट निजि बिद्यालयले बिबिध कार्यक्रमकाे साथ १६ कञ्चनपुर बार्षिक उत्सव तथा अभिभाबक दिवस सम्पन्न गरेको छ। भिमदत्त नगरपालिका-०४ मा रहेकाे युनाईटेड पव्लिक सेकेन्डरी स्कुलले बुधबार विविध कार्यक्रमका साथ बार्षिक उत्सब तथा अभिभावक दिवस मनाएकाे हाे ।

उक्त कार्यक्रमको अध्यक्षता देब सिह नाथले गर्नु भएको थियो । सुदुर पश्चिम बिश्व बिद्यालयका विज्ञान तथा प्रविधि शिक्षा शाखा प्रमुख भवानी चन्द ठकुरी प्रमुख अतिथि रहनु भएका थिए । कार्यक्रममा विभिन्न सराेकारवाला शुभेच्छुक तथा अभिभावक, बिद्यार्थीहरुकाे सहभागिता रहेकाे थियाे । उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । उक्त कार्यक्रममा बिद्यार्थीहरुले बिभिन्न प्रतिभाहरू प्रस्तुत गरेका थिए ।
