विद्यालय शिक्षा ऐन जारीको माँग राख्दै कञ्चनपुरका स्थानीय सरकारलाई ज्ञापन

दोधारा । नेपाल शिक्षक महासंघले कञ्चनपुरका स्थानिय सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । शिक्षक महासंघ पालिका समितिहरुले स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाएका हुन । मंगलबार जिल्लाका स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाएको जनाएका छन् । कञ्चनपुरको दोधारा चाँदनी, भीमदत्त, शुक्लाफाँटा, बेलौरी सहितका पालिका सरकारलाई विद्यालय शिक्षा ऐन जारीको माँग अघि सारेर कञ्चनपुरका स्थानीय सरकारलाई ज्ञापन बुझाएको जनाएका हुन् ।

नेपाल शिक्षक महासंघ बेलौरीका नेता सुरेन्द्र बोहराले बेलौरीमा पनि कालोपट्टी बााधेर ज्ञापन पत्र बुझाएको बताए । नेपाल शिक्षक महासंघ दोधारा चाँदनीका अध्यक्ष उदय बहादुर रावलले पनि दोधारा चादनी नगपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बु, प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्रलाई ज्ञापन पत्र बुझाएको बताए ।

ताजा समाचार