कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकाको एक निजी विद्यालयले विज्ञान, कला एव खाद्य प्रर्दशनी गरेको छ ।भीमदत्त नगरपालिका १२ऐरी स्थित न्यू सरस्वती विद्या मन्दिरले विज्ञान, कला एव खाद्य प्रर्दशनी गरेको हो । मंगलबार एक कार्यक्रमका विच विद्यालयले विज्ञान, कला एव खाद्य प्रर्दशनी गरेको जनाएको छ ।

न्यू सरस्वती विद्या मन्दिरका प्रिन्सिपल अम्मराज भट्टले विद्यार्थीको अतिरिक्त ज्ञान सीप अभिबृद्धिका लागि विद्यार्थी आफैले पकाएरका खाद्य परिकार प्रर्दशनी गरेको र विभिन्न कला, विज्ञान प्रर्दशनी गरिएको बताए । ‘विद्यार्थीका चार सदन समुहले सुदूरको मौलिक खाने परिकार सेल,हलुवा, बटुक, पुरी, अचार सहितका खाद्य परिकार आफैले पकाएर ल्याएका हुन, ‘उनले भने, ‘बेचेका पनि छन ।’ सिक र कमाउ योजना अनुरुप विद्यार्थीले पछि व्यवसायमा आईपर्ने समस्या, चुनौती, अवसर बारे लिखितै प्रतिवेदन तयार पार्ने छन ।
विद्यालयले दोस्रो पटक उक्त खाद्य, विज्ञान तथा कला प्रर्दशनी गरेको जनाएको छ । ७फागुनमा हुने बार्षिकोत्सव तथा अभिभावक दिवसको पुर्व सन्ध्यामा विद्यार्थीले आफुले सिकेका सिप प्रर्दशन गरेसंगै अभिभावक हर्षित भएका छन ।
