विदेशबाट फर्किएर भट्टले महेन्द्रनगर बजारमा खोले मिटमार्ट सेन्टर

महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका १० जिमुवाका युवा सुरज भट्ट केही बर्षअघि बैदेशिक रोजगारीमा थिए । दाजु प्रकास भट्ट सहित घर परिवारको प्रेरणा पाएपछि सुरजले अहिले स्वदेशमै उद्यम गर्न लागेका छन । सुरजले भीमदत्त नगरपालिका ४ महेन्द्रनगर जिप्रका रोड क्षेत्रमा सुरज मिटमार्ट सेन्टर संचालन गरेका छन ।

घरमै समेत बोईलर कुखुरा पालेका भट्टले उपभोक्ताहरुलाई ताजा मासु उपलब्ध गराउन आफ्नै निजी लगानीमा मिटमार्ट खोलेका हुन । सोमबार एक कार्यक्रमका विच भीमदत्त नगरकी उपप्रमुख निलम लेखकले उक्त मिटमार्टको उद्घाटन गर्दै युवाहरुले स्वदेशमै उद्यम गर्नुपर्ने बताईन ।

उपप्रमुख लेखकले युवाहरुले विदेश जानु भन्दा स्वदेशमै केही न केही उद्यम गरेर आत्मनिर्भर बन्नुपर्नेमा जोडदिईन । जिमुवाका युवा सुरज भट्टले स्वदेशमै व्यवसाय गरेर उपभोक्ताहरुलाई स्वच्छ, ताजा मासु उपलब्ध गराउन मासु व्यवसाय संचालनका ल्याएको बताए ।

ताजा समाचार