वडा स्तरीय भलिबल प्रतियोगिताको आज उद्धघाटन

महेन्द्रनगर: कञ्चनपुर जिल्लामा नगर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।

रिङौना खेलकुद सम्बर्द्धन तथा संरक्षण समिति भीमदत्त नगरपालिका वडा नं. ९ मा फागुन ५ गते देखि स्व. नरेन्द्र रावत स्मृति भीमदत्त नगर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने आयोजक समितिका अध्यक्ष मान सिंह रावतले बताए।

प्रतियोगितामा भीमदत्त नगरपालिका अन्तर्गतका १० टिमको सहभागिता रहेको छ। प्रथम हुने टिमले ५१ हजार, द्धितृय २६ हजार र १५ हजार नगद पुरस्कार र विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको घोषणा गरेको छ।

सुदुरपश्चिम प्रदेशसभा सदस्य एवम् सरकारका निवर्तमान अर्थमन्त्री प्रकाश रावलको प्रमुख अतिथिमा प्रतियोगिताको बिहान १२ बजे उद्धघाटन हुनेछ।

ताजा समाचार