कञ्चनपुर : कञ्चनपुरको भीमदत्तनगरपालिका –९ मा वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । श्री रिङौना खेलकुद सम्वद्र्धन तथा संरक्षण समितिको आयोजनामा फाल्गुन ५ गते सोमबार देखि स्वर्गिय नरेन्द्र रावत स्मृति वडा स्तरिय पुरुष भलिवल प्रगियोगिता हुने भएको हो । कञ्चनपुरको भीमदत्तनगरपालिका –९ रिङौना खेलमैदानमा फाल्गुन ५ गते सोमबार बिहान १२ बजे वर्गिय नरेन्द्र रावत स्मृति वडा स्तरिय भलिवल प्रगियोगिताको उद्घाटन गरिने समितिका अध्यक्ष मान सिंह रावतले बताउनु भएको छ । उहाँले फाल्गुन ४ गते आईतबार सम्म टिम दर्ताको समय रहेकोमा प्रतियोगितामा भीमदत्तनगरपालिकाका १० बटा टिमहरुले टिम दर्ता गराएको उहांँको भनाई छ ।

खेलमा भीमदत्तनगरपालिकाको वडा नम्बर १, भीमदत्तनगरपालिकाको वडा नम्बर ५, भीमदत्तनगरपालिकाको वडा नम्बर ९ (ए), भीमदत्तनगरपालिकाको वडा नम्बर ९ (बि), भीमदत्तनगरपालिकाको वडा नम्बर १० (ए), भीमदत्तनगरपालिकाको वडा नम्बर १० (बि), भीमदत्तनगरपालिकाको वडा नम्बर ११, भीमदत्तनगरपालिकाको वडा नम्बर १६, भीमदत्तनगरपालिकाको वडा नम्बर १७ र भीमदत्तनगरपालिकाको बडा नम्बर १८ का टिमहरुले सहभागिता जनाउने उहाँले जानकारी दिनु भएको छ । खेलहरु एफबिआईको नियम अनुसार खेलाईने र लिग खेलहरु वेष्ट अफ थ्रिका आधारमा खेलाईने उहाँले बताउनु भएको छ ।
श्री रिङौना खेलकुद सम्वद्र्धन तथा संरक्षण समितिको आयोजनामा हुने स्वर्गिय नरेन्द्र रावत स्मृति बडा स्तरिय भलिवल प्रगियोगितामा प्रथम हुनेलाई ५१ हजार पुरुस्कार र, द्धितिय हुनेलाई २६ हजार पुरुस्कार र तृतिय हुनेलाई १५ हजार पुरुस्कार प्रदान गरिने भएको छ । उहाँले अन्य ६ बटा विधामा समेत पुरुस्कार प्रदान गरिने बताउनु भएको छ । भलिवल प्रतियोगिताको उद्धाटन सुदुरपश्चिमका प्रदेश सभा सदस्य तथा पुर्वमन्त्रि प्रकाश रावलले गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनु भएको छ ।

