कञ्चनपुर: कञ्चनपुरको निङलाशैनी र रुपन्देहीको निर्माण सहकारी विच अनुभव आदान प्रदान कार्यक्रम गरिएको छ । निर्माण बहुउद्देश्यीय सहकारी संस्था रुपन्देही तथा निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि.का संचालकहरु, व्यवस्थापकहरु, तथा उप समितिका सदस्यहरु वीच एक आपसमा अनुभव आदन प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

निर्माण बहुउद्देश्यीय सहकारी संस्था लि. रुपन्देहीका अध्यक्ष मोतीलाल ढकालको नेतृत्वमाआएको २५ सदस्यीय अध्ययन अवलोकन भ्रमणटोली निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाको बहुउद्देश्यीय भवनमा अन्तरक्रिया, समसामयिक विषयमा छलफल एवं अनुभव आदन प्रदान गरिएको थियो । सहकारीको वर्तमानअवस्था, सहकारी ऐन ०७४ माल्यार्ईएको अध्यादेश २०८१, राष्ट्र बैकंले ल्याउन लागेको सहकारी नियमन मापदण्ड मस्यौदा , बहुउद्देश्यीय संघहरुको संचालन भावीकार्यक्रमका बिषय सम्बन्धमा छलफल केन्द्रित रहेको थियो ।
निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाकातर्फ बाट संस्थापक तथा कार्यकारी प्रमुख प्रेम सिंह भाटले निङ्गलाशैनी बहुद्देश्यीयले बचत तथा ऋण बाहेक मलखाद विक्रीवितरण, कष्टम हायरिङ्ग सेन्टर, स्कुलअफ कोअपरेटिभ संचालनमा ल्याएको र त्यसको प्रभावकारीता बिषयमा प्रकाश पार्नु भएको थियो ।
निङ्गलाशैनीले पछिल्लो समयमा सदस्यहरुको स्वास्थ्य सुधार संगै जिवन स्तर उकास्न र सहकारी शिक्षा , वित्तिय साक्षरता, योग र आर्युवेदको प्रचार संगै जडिवुटी वृक्षारोपणमा बढावा दिईरहेको कुरा औल्याउनु भएको थियो । उक्तदुवै संस्थाले सो अवसरमा आआफ्ना प्रकाशन, मायाको चिनो वितरणका साथ साथै आगमी दिनमा दुवै संस्थाको सम्बन्धमा अझ बण् िप्रगाढता आउने विश्वास दिलाउनु भएको थियो । सो कार्यक्रममा सहकारीका पदाधिकारी, सदस्य तथा कर्मचारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
