कञ्चनपुर : पुर्व विद्यार्थी नेता टंक प्रशाद धमाला नेपाल समाजवादी पाटी(नयाँ शक्ति)को केन्द्रीय सदस्यमा निर्वाचित भएका छन ।

गत माघ अन्ति साता काठमाण्डौँमा सम्पन्न भएको नेपाल समाजवादी पाटी(नयाँ शक्ति)को प्रथम महाधिवेशनबाट खस आर्य युवा तर्फ धमाला केन्द्य्रीय सदस्यमा निर्वाचित भएका हुन । सुदूरपश्चिम कैलालीका स्थानीय समेत रहेका धामला पुर्व नेसपा(नयाँ शक्ति) विद्यार्थी यूनियनका केन्द्रीय महासचिव थिए ।

उनले आफुले पाएको जिम्मेबार निर्भिकताका साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन । ९जना उम्मेदबार मध्ये ४जना मात्रै उम्मेदवार थिए । उनले ३४२मतपाएका छन । सुपबाट लक्ष्मीराज चौधरी पनि निर्वाचित भएका छन । यस्तै सत्यादेवी चापागाई, रतन टमाटा सहितका नेताहरु निर्वाचित भएका छन ।

