कञ्चनपुर: निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरञ्जन भट्टले काठमाण्डौमा उपचाररत पत्रकार सुजित सिनाललाई आर्थिक सहयोग गरेका छन् । काठमाण्डौको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराई रहेका पत्रकार सिनाललाई नगद ५ हजार रुपैँया सहयोग गरेका हुन् ।

पत्रकार सिनाललाई फोन मार्फत स्वास्थ्य अवस्था बुझदै स्वास्थ्य लाभको कामनासहित स्वास्थ्य उपचारमा सहजता होस भनेर आर्थिक सहयोग गरिएको बताए । साथै उनले पत्रकार सिनालको स्वास्थ्य लाभको कामना पनि गरेका छन् । पत्रकार सिनालले आफनो उपचारमा सहयोग गरेको प्रती निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरञ्जन भट्टलाई धन्यवाद व्यक्त गरेका छन् ।
हाल पत्रकार सिनालको राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौमा उपचार भई रहेको छ । समाजसेवी समेत रहेका भट्टले यस अघि पनि विभिन्न दिनदुखीहरुलाई आर्थिक, भौतिक, नैतिक सहयोग गर्दै आएका छन ।
