झलारी : अति विपन्न मुक्त हलिया परिवारलाई व्यवसायीक तरकारी खेती तर्फ डोरयाउनका लागि बेमौसमी तरकारीको बीउ निःशुल्क वितरण गरीएको छ । राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरले मुक्त हलिया परीवारलाइ आज बीउ वितरण गरेको हो ।

रू ७५ हजार मुल्य बराबरको बेमौसमी तरकारीको बीउ वितरण गरिएको समाजका अध्यक्ष शिवी लुहारले बताउनु भयो । उहाँका अनुसार भीमदत्त नगरपालीका १५ निम्बुखेडाका २५ र बेदकोट नगरपालीकाका १५ गरि ४० परिवारलाई मकै, भिण्डी,करेला, कांक्रा, मुला, लौका, धनियां, फर्सी, तोरैया, बोडी, खुर्सानी , भाण्टा लगायतको बीउ बितरण गरीएको छ ।
मुक्त हलिया परिवारलाइ व्यवसायीक बनाइ आत्मनिर्भर बनाउने उद्देश्यले बीउ बितरणको कार्य गरिएको अध्यक्ष लुहारको भनाइ रहेको छ ।
यस अघि ती परिवारलाइ मौसमी तरकारीको बीउ उपलब्ध गराइएको उहांको भनाइ रहेको छ । बीउ उपलव्ध गराईएका परिवारले बारीमा रोपेर तरकारी उत्पादन गरी बजारमा लगेर बेचेर जिविकोपार्जन गर्न सकुन भन्ने उद्देश्यले बीउ वितरणको कार्य गरिएको उहाँले बताउनु भयो ।
