कञ्चनपुर: नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता शिरोमणी कुमार ओझा(सुर्य) काँग्रेस सुदूरपश्चिम प्रदेश सदस्यमा मनोनित भएका छन । ओझालाई काँग्रेस सुप प्रदेश समितिले आमन्त्रित सदस्यमा मनोनित गरेको छ ।

काँग्रेस सुप प्रदेशका सभापति बीर बहादुर बलायरले पाटीको विधान अनुरुप ओझालाई आमन्त्रित सदस्यमा मनोनित गरेको जनाएका छन । ओझाले पाटीले दिएको जिम्मेबारी निर्वाह गर्ने प्रतिज्ञा गरेका छन ।
