कञ्चनपुर : जिल्ला समन्वय समिति कञ्चनपुरले जिल्लाका स्थानीय सरकारसंग लिजा र एफआरएम लगायतका सुशासन विकास निर्माण सम्बन्धी छलफल गरेको छ । मंगलबार जिससले पुनर्वास र बेलौरी नगरपालिकासग स्थानीय संस्थागत क्षमता स्वमुल्याङकन(लिजा) र स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्याङकन(एफआरएम) सम्बन्धी छलफल गरेको हो । हरेक बर्ष पालिका आफैले आफ्ना कामका आधारका गर्ने लिजा र एफआरएम सहितका विवित समस्या बारे छलफल गरेको जनाएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले आफ्नो कामको आफैले मुल्याङकन गर्दै आ–आफ्नो पालिका वित्तिय अनुसासन कायम गरेर राज्यका निकायले निर्धारण गरेर अनुरुप जनतालाई सेवा प्रवाहमा थप उत्तरदायी बनाउनुपर्नेमा जोडदिए । ‘दुवै नजिता तपाईहरुले पाउने अनुदानसंग समेत जोडिएका विषय हुन, ‘उनले भने, ‘ऐनले तोके अनुरुप पालिकामा कामकाज कार्य सम्पादन गर्नपर्छ ।’ जिल्ला समन्वय समितिका उपप्रमुख राम कुमारी रानाले नागरिकलाई समयमै सेवा प्रवाहमा जोडदिएकी छिन । जिल्ला समन्वय समितिका समन्वय अधिकारी नरेन्द्र पालले कर्मचारीले लिजा र एमआरएम फारम भर्न परेका समस्या बारे माथिल्ला निकायमा पु¥याउने बताए । उनले जनप्रतिनिधी र कर्मचारीको प्रतिष्ठा, कार्य सम्पादनसंग जोडिने विषय भएको बताए ।

पुर्नवास नगर प्रमुख लिजा र एफआरएम सम्बन्धीत जनप्रतिनिधी सहित छलफल आवश्यक रहेको औल्याए । बेलौरी नगर उपप्रमुख जोगराम चौधरीले केही कमिकमजोरी भए सुधार गरिने बताए । बेलौरी र पुनर्वासका कर्मचारीले फारममा सोधिएका प्रशन दोहोरिने र केही झन्झटिलो हुने भएकाले सुधार आवश्यक रहेको औल्याएका छन । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, उपप्रमुख राम कुमारी राना, समन्वय अधिकारी नरेन्द्र बहादुर पाल, लेखापाल डम्बर दत्त अवस्थी र सुचना अधिकारी समेत रहेकी नासु ललिता रोकाया सहितले दुवै पालिका जनप्रतिनिधी, कर्मचारीसंग छलफल गरेका छन ।

