पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा एक दिने निशुल्क कान चेक जाँच शिविर सम्पन्न भएको छ् । इम्प्याक्ट नेपालको सहयोग र दोधारा चाँदनी नगरपालिकाको सहकार्यमा दोधारा चाँदनी नगरपालिका– ७ मा एक दिने निशुल्क कान चेक जाँच शिविर सम्पन्न भएको दोधारा चाँदनी नगरपालिका– ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले जानकारी दिनुभएको छ् । आम जनताहरु संग प्रत्यक्ष स्वास्थ्य संग जोडिएको विषयलाई निशुल्क रुपमा शिविरको आयोजना गरेर विपन्न दलितहरुलाई सेवा प्रदान गरेकोमा आयोजक संस्थालाई वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले धन्यबाद दिनुभएको छ् । आगामी दिनहरुमा पनि दोधारा चाँदनी नगरपालिकाका टोल, बस्तीमा आयोजना गरिने गरि निशुल्क कान चेक जाँच शिविर संचालन गर्न इम्प्याक्ट नेपाल संग सहकार्य गर्दै जाने वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले बताउनुभएको छ् ।

कानमा समस्या भएकाहरुले सेवा पाउन टाढाका अस्पतालमा धाउनु पर्ने समस्यालाई मध्यनजर राख्दै एक दिने निशुल्क कान चेक जाँच शिविर निकै प्रभावकारी रहेको वडाध्यक्ष बहेक क्षेत्रीले बताउनुभयो । इम्प्याक्ट नेपाल सुदूरपश्चिम सामुदायिक कान उपचार कार्यक्रमको परियोजना अधिकृत रामबहादुर बोगटीले दोधारा चाँदनी नगरपालिकाको वडा नं. ४ र ७ वडाहरुमा एक दिने निशुल्क कान चेक जाँच शिविर सम्पन्न गरिएको बताउनुभएको छ् । आईतवार र सोमवार गरि दुई वडाहरुमा कान चेक जाँच शिविर सम्पन्न भएको इम्प्याक्ट नेपाल सुदूरपश्चिम सामुदायिक कान उपचार कार्यक्रमको परियोजना अधिकृत रामबहादुर बोगटीले बताउनुभयो ।
दोधारा चाँदनी नगरपालिकाको वडा नं. ४ र ७ मा गरि झण्डै २ सय ५० जनाले कानको चेक जाँच गराएको परियोजना अधिकृत राम बहादुर बोगटीले बताउनुभएको छ् । संस्थाका स्थापना हुदाको अवस्था देखी अन्य विभिन्न संस्थाहरु संग सहकार्य गरेर कानको शिविर निशुल्क रुपमा आयोजना गरिदै आएको उहाँले बताउनु भयो ।
साथै सुदूरपश्चिमका विभिन्न विद्यालय, समुदायहरुमा पनि बहिरो पनकालाई रोकथाममा अहम भुमिका खेलेको संस्थाको दावी छ् ।
