बोडिङ्ग स्कुलको बसको ठक्करले नाबालको मृत्यु

कञ्चनपुर: कञ्चनपुरमा एक निजी विद्यालय बोडिङ्ग स्कुलको बसले नाबालकलाई ठक्कर दिएर फरार भएको छ । बेलौरी नगरपालिका ८ कलकत्ताको ज्ञान साधन बोडिङ्ग स्कुलले बसले बेलडाँडी गाँउपालिका ३खैरिघाटका २ बर्षिया नाबालक सुशान्त कुँवरलाई ठक्कर दिएर फरार भएको हो । आइतबार साँझ ५ बजेतिर खैरिघाट क्षेत्रबाट विद्यार्थी छाडेर विद्यालय फर्किने क्रममा सडकमा खेलिरहेका बालकलाई ठक्कर दिएर विद्यालयको बस फरार भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले विद्यार्थी छाड्न कलकत्ता विद्यालयदेखि खैरिघाट गाँउमा पुगेको विद्यालयको सुपप्र ०१००१ख३६१० नम्बरको स्कुले बसले नाबालक कुँवरलाई ठक्कर दिएर चालकले गाडी विद्यालय पु¥याएको बताए । बसको ठक्करबाट बालकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । समान्य मानविय सम्वेदना तिलाञ्जली दिदै चालकले सिधै बस विद्यालय पु¥याएपछि प्रहरीले नियन्त्रणमा लिएको छ । साँझ ६ बजेसम्म चालक प्रहरीको नियन्त्रणमा आएका छैनन ।

तर, मृतक पक्ष स्थानीयले यसरी ठक्कर दिएर भाग्ने कार्यबाट जानीजानी मारेको दावि गरिरहेका छन । बेलडाँडी गाँउपालिका ३ का वडाध्यक्ष दुर्गा चौधरीले बालकलाई ठक्कर दिएपछि उपचारका लागि अस्पताल लग्नुको साटो बालकलाई विचबाटैमा छाडेर फरार हुने कार्य निन्दनिय भएको बताए । मानविय सम्वेदनशिलता भुलेर बस सहित फरार हुने काम भएको भन्दै घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन । दुदे बालक गुमाएपछि कुँवर परिवारमा सन्नटा छाएको छ ।

ताजा समाचार