नेपाल राष्ट्रिय शिक्षक संगठन भीमदत्त नगरपालिका तेस्रो नगर अधिबेशन सम्पन्न

कञ्चनपुर: देशकै सर्वाधिक पुरानो एवम् शशक्त शिक्षकहरूको संस्था नेपाल राष्ट्रिय शिक्षक संगठन भीमदत्त नगरपालिका तेस्रो नगर अधिबेशन  सम्पन्न भयेको छ।

सोमराज जोशीको अध्यक्षतामा प्रमुख अतिथि नेराशि संगठन राष्ट्रिय समिति सदस्य भवानी चन्द रहेको उक्त कार्यक्रमको सञ्चालन राजेन्द्र प्रसाद भट्ट ले गरेका थिए । अधिवेशनको उदघाटन सत्रमा बहादुर चन्द अध्यक्ष शिक्षक हित सहकारी, हर्कबहादुर चन्द – सचिव शिक्षक हित सहकारी, हरिश प्रसाद जोशी, प्र अ अमर शहीद आ वि, जगदीश प्रसाद जोशी शिक्षक महासंघ जिल्ला सचिव, चन्द्रकला पन्त – ने रा शि संगठन पुर्व केन्द्रीय उपाध्यक्ष, दामोदर भट्ट पेशागत महासंघ सुप अध्यक्ष , जनकराज अवस्थी नेकपा एमाले उपाध्यक्ष कञ्चनपुर, भवानी चन्द नेराशिसंगठन राष्ट्रिय समिति सदस्य ले शुभकामना मन्तब्य राखेका थिए । अधिवेशनमा अवकाश प्राप्त शिक्षक बहादुर चन्द,चन्द्रकला पन्त, जानकी बोहरा, नर ब चन्द, बलदेव बिष्टलाई सम्मान गरिएको थियो।

अधिवेशनबाट सर्वसम्मत रूपमा नगर समिति चयन गरिएको थियो । नगर अध्यक्षमा भानसिह साउद, उपाध्यक्षमा दिनेश बोहरा, महिला उपाध्यक्षमा पदमा ओझा, सचिव नवराज भट्ट, सहसचिव जानकी रैखोला , कोषाध्यक्ष-बिरेन्द्रराज जोशी, सहकोषाध्यक्ष आसो यादव लगायतका पदाधिकारी चयन गर्नुका साथै नगर समिति सदस्य तथा जिल्ला अधिवेशन प्रतिनिधि समेतको चयन गरिएको जानकारी निर्वाचन कार्यक्रम सञ्चालनकबाट प्राप्त भयेको छ ।कार्यक्रममा नेपाल शिक्षक महासंघका जिल्ला सचिव जगदीश प्रसाद जोशी तथा नगर अध्यक्ष दिवाकर जोशीको पनि उपस्थित रहेको थियो। शिक्षकहरूको पेशागत हकहित तथा शैक्षिक गुणस्तर अभिबृद्धिका लागि प्रतिवद्ध भयेर काम गर्ने प्रतिवद्धता नव निर्वाचित अध्यक्ष भानसिह साउदले व्यक्त गरेका थिए। आगामी तीन वर्षका लागि नगरसमिति गठन कार्यक्रमको अध्यक्षता बहादुर चन्दले तथा कार्यक्रम सञ्चालन जगदीश प्रसाद जोशी र धनञ्जय जोशीले गरेका थिए। कार्यक्रममा संगठनको आर्थिक प्रतिवेदन शान्ति धामी तथा साङ्गठनिक प्रतिवेदन पदमा ओझाले गरेका थिए।

ताजा समाचार