कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरमा देशव्यापी महिलावादी अनुपम अभियान अन्र्तरगत अन्तरकृया गरिएको छ । शुक्रबार भीमदत्त नगरपालिका १८ नम्बर वडामा असहाय महिला उत्थान तथा सस्कृति जगर्नेना केन्द्रले अनुपम अभियान अन्र्तरगत अन्तरकृया गरिएको हो ।

कार्यक्रममा महिला अगुवा एव सरोकारवालाहरुले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाकै कारण महिला आज हरेक क्षेत्रमा पुगेको बताएका छन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भीनपा १८का वडाध्यक्ष रविन्द्र देवकोटाले अब महिलाले संविधान अनुरुप पाएको राजनैतिक हक अधिकार अनुरुप मुल नेतृत्वमै दावि गर्नुपर्ने बताए ।
वडाध्यक्ष देवकोटाले महिला पनि हरेक क्षेत्रमा काम गर्ने सक्षम भएको बताउँदै उनले अब पालिका उपप्रमुख होईन प्रमुखमै दावि गर्नुपर्ने बताए । असहाय महिला उत्थान तथा सस्कृति जगर्नेना केन्द्रकी अध्यक्ष मञ्जु गिरीले कार्यक्रम साथसाथै महिलावादीका देउडा सहित ¥याली निकालेको बताईन ।

