बार्षिक उत्सवको अवसरमा अनाथालयमा भोजन वितरण

कञ्चनपुर: भिमदत्तनगरपालिका को महेन्द्रनगर वजारमा रहेको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले २७ औं वार्षिकोत्सव वुधवार मनाईएको छ । २७ औं बार्षिक उत्सवको अवसरमा सिद्धार्थ होटल न्यू आनन्द महेन्द्रनगरद्धारा महेन्द्रनगरमा रहेको समाज कल्याण अञ्चल बाल अनाथालयमा भोजन वितरण कार्यक्रम गरेको छ ।

मंगलवार पनि वार्षिक उत्सवको एक दिन अगाडी वाट नै होटले सालघारीमा रहेको महाकाली मंन्दिरमा सरसफाई र महाकाली प्रदेशीक अस्पतालका विशेषज्ञ डाक्टर प्रशान्त भट्ट द्धारा क्यन्सर रोगको रोकथाम तथा निवारण गर्न स्वस्थ्य सम्वन्धी जानकारी गराउनु भएको थियो ।

देशकै ठुलो होटेल ग्रुप सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको स्थापना माघ २३ गते भएको थियो सोही अवसरमा सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी महेन्द्रनगरले मंगलवार सरसफाई तथा स्वास्थ्य सम्वन्धि कार्यक्रम गरेको थियो वुधवार अञ्चल बाल अनाथालयमा भोजन वितरण कार्यक्रम गरेको महेन्द्रनगर शाखा व्यवस्थापक भुपेन्द्र देव भट्टले जानकारी गराउनु भयो ।

ताजा समाचार