बेदकोटको उदयदेव माध्यामिक विद्यालयमा ५करोडको भवन बन्ने

कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिका ९ सुन्दरपुरमा रहेको उदयदेव माध्यामिक विद्यालयमा ५करोडको पूर्वाधार(विद्यालय भवन) बन्ने भएको छ । भारतीय दुताबासले बेदकोट नगरपालिका ९ सुन्दरपुरमा रहेको उदय माध्यामिक विद्यालयमा ५करोडको पूर्वाधार(विद्यालय भवन) बनाउन सहयोग गर्ने भएको छ ।

बेदकोट नगरका मेयर भोजराज बोहराले नगरका सामुदायिक विद्यालयको स्तर बृद्धिका लागि पूर्वाधार निर्माण गर्न दुताबासमा उदयदेव मावि र शारदा मावि दुई विद्यालयको प्रपोजल पेश गरेको बताए । हामीले दुई विद्यालयको प्रपोजल पेश गरेका थियौँ, ‘मेयर बोहराले भने, अहिले दुताबासले उद्यदेवको प्रपोजल स्वीकार गरेको छ ।’ दुताबासको कुल बजेटको १० प्रतिशत नगरपालिकाले समेत हाल्ने मेयर बोहराले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत राेकायाले याे प्रकृयामा सहयोग सबै कार्यालयदेखि स्थानीय जनप्रतिनिधिदेखि केन्द्रीय सासदसम्म आभार प्रकट गरेका छन ।

नगर प्रमुखज्यूकाे चाहना तथा वेदकाेट नगर कार्यपालिकाकाे निर्णय अनुसार शारदा मावि वेदकाेट ३ र उदयदेव मावि वेदकाेट ९ लाई भाैतिक संरचना ,उपकरण तथा विशिष्ट शैक्षिक प्रतिष्ठान बनाउने चाहना अनुरुप भारतीय राजदूतावास बाट कुल ५ कराेड रकमकाे ९० प्रतिशत लगानी तथा वेदकाेट नपाकाे १० प्रतिशत लगानी हुनेगरी माग भए बमोजिम उदयदेव माविकाे प्रस्ताव स्विकृत भइ आएको छ भने शारदा माविकाे प्रस्ताव पनि छिट्टै स्विकृत हुने विश्वास छ। याे प्रस्तावलाई स्विकृत गराउन महत्त्वपूर्ण पहल गर्ने संघिय सांसद पुर्व परराष्ट्रमन्त्री एन.पी.साउदजी, मित्रराष्ट्र भारतकाे नेपाल स्थित दुतावासका महामहिम राजदूतलाई आदरणीय नगर प्रमुख भाेजराज बाेहराजी ले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ।

ताजा समाचार