सुप विश्वविद्यालय बिरुद्ध विद्यार्थीले दिए अदालतमा मुद्दा

कञ्चनपुर : सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी विश्वविद्यालय बिरुद्ध अदालत पुगेका छन । विद्यार्थीले नै विश्वविद्यालय बिरुद्ध अदालतमा रिट दर्ता गरेका हुन । सोमबार विश्वविद्यालय लगायत अन्य कार्यालयलाई विपक्षी बनाएर सुदुरपश्चिम विश्वविद्यालयकै कानून संकायमा अध्ययरत विद्यार्थीहरूले उच्च अदालत दिपालय महेन्द्रनगर ईजलासमा रिट दर्ता गराएका हुन । विद्यार्थीहरुले माध्यमिक शिक्षा (प्लस टू) पछि हुने पाँच वर्षे बिएएलएलबी कोर्ष विश्वविद्यालय प्रशासनको लापरबाहीका कारण बढी समय व्यतीत हुने भन्दै रिट दर्ता गराएका छन ।

उनीहरूले पाँच वर्षको कोर्ष मनासिव समयमै सम्पन्न गर्न माग गर्दै मुद्दा हालेको जनाएका छन । साथै बिएएल एलबी सातौं सेमेस्टरको यसै वर्ष कार्तिकमा हुनुपर्ने परीक्षा फागुन सम्म समेत नभएको विषयलाई जिकिर लिँदै उक्त परीक्षा फागुन १३ भित्र सम्पन्न गर्न आदेश माग समेत गरेका छन । विद्यार्थी महेश सिह साउद, गणेश सार्की, जिवन नाथ योगी, गौरब नाथ योगी, नविन भट्ट, राजु रावत, नरेन्द्रराज जनोशी, भिमदत्त भट्ट सहितका विद्यार्थी दायर गरेको रिटमा सुदुरपश्चिम विश्वविद्यालय उपकुलपति, रजिस्टारको कार्यालय, सुदुरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय, विश्वविद्यालयको कानून संकायको डीन कार्यालय, सुदुरपश्चिम विश्वविद्यालय कानून संकाय बि.ए.एल.एल.बी प्रोग्राम महेन्द्रनगर तथा कैलाली बहुमुखी क्याम्पस धनगढी कैलालीलाई विपक्षी बनाएर मुद्दा दायर गरेका छन ।

यस अघि विद्यार्थीले आफ्ना माग पुरा गराउनका लागि तालाबन्दीदेखिका सडक आन्दोलन गर्दै आएपछि सम्भवत पहिलो पटक न्यायालय पुगेको दावि गरिएको छ । विश्वविद्यालयको लार्पबाही बेथिति बिरुद्धमा विद्यार्थी आन्दोलनको नयाँ शैली अपनाएका छन । सुप विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकले परीक्षादेखिका रिजल्ट सबै समय तालिका अनुरुप भईरहेको दावि गर्दै जनशक्ति अभावले कहिलेकाही परीक्षाफल प्रकासनमा ढिलाई भएको बताए ।

ताजा समाचार