कञ्चनपुर : महिलाको पाठेघरको मुखको क्याम्पसबाट बाच्नका लागि मंगलबारदेखि एचपिभी खोप अभियान शुरु भएको छ । कञ्चनपुर सहित सुदूरपश्चिम देशभर पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपिभी खोप अभियान शुरु भएको हो ।
स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओम प्रकास जोशीले जिल्लामा पनि खोप अभियान शुरु भएको बताए । उनका अनुसार जिल्लाले भीमदत्त नगरपालिकासंग समन्वय गरेर सदरमुकाम महेन्द्रनगर स्थित जानकी कन्या मावि र अन्य पालिकाले आ–आफ्नो निश्चित एक स्थान छनौट गरेर खोप अभियानको उद्घाटन गरेर जिल्लाभरी एकसाथ अभियान शुरु भएको बताए । स्वास्थ्य कार्यालय कञ्चनपुरले २७ हजार ७ सय ६५ किशोरीलाई खोप दिने भएको जनाएको छ ।

राष्ट्रिय खोपी अभियान अन्र्तरगत जिल्लामा पनि स्वास्थ्य कार्यालयले खोप अभियान अघि बढाएको हो । स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख जोशीले अभियानको चरण चरणमा तयारी अघि बढेको बताए । उनका अनुसार २२माघदेखि शुरु हुने अभियान ६फागुनसम्मै संचालन हुनेछ । विद्यालयमा अध्ययनरत २६ हजार, ८सय २ र विद्यालय बाहिर रहेका ९ सय ६३ किशोरीलाई खोप दिईनेछ । जिल्लाभरी ४ सय २६ खोप केन्द्र मार्फत पाठेघरको मुखको क्यान्सर बिरुद्धमा खोप दिईने उनले बताए । जोशीले नियमित खोपसंगै यस अघि खोप लगाईसकेका किशोरीहरुलाई नदिईने बताए । स्वास्थ्य कार्यालय कञ्चनपुरका सुचना अधिकारी खगेन्द्र कार्कीले विद्यालयमा ४ सय २६ र विद्यालय बाहिर ८२ खोप केन्द्र मार्फत खोप दिईने बताए ।

उनका अनुसार ४ सय २६ खोप स्वास्थ्यकर्मी र ८ सय ५२ स्वाथ्यस्वयम सेवक रहनेछन । १० बर्षदेखि १४ उमेशर समुहका किशोर र कक्षा ६देखि १०सम्म अध्ययनरत विद्यार्थी सहभागि हुनेछन ।स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्डचेन अधिकृत जनक कुँवरले राष्ट्रिय अभियान भएकाले सबैले सहयोग गर्नुपर्नेमा अपिल गरेका छन । राष्ट्रिय अभियान भएकाले सफल पार्नका लागि स्वास्थ्यकर्मी सहित सरोकारवाला आ–आफ्नो ठाँउबाट आवश्यक सहयोग गर्नुपर्नेमा जोडदिईएको छ ।

