प्रेस युनियन कञ्चनपुरले भन्यो, ‘दोधाराचाँदनीका मेयर लिम्बुले गरे पत्रकार ओलीमाथि दुव्र्यवहार

कञ्चनपुर,: प्रेस यूनियन कञ्चनपुरले दोधाराचाँदनी नगरपालिका मेयर किशोर कुमार लिम्बुले पत्रकार भुपेन्द्र ओलीमाथि दुव्र्यवहार गरेको जनाएको छ । सत्ता साझेदार दल नेपाली काँग्रेस निकट प्रेस यूनियन कञ्चनपुरले दोधाराचाँदनी नगरपालिका मेयर किशोर कुमार लिम्बुले पत्रकार भुपेन्द्र ओलीमाथि दुव्र्यवहार गरेको जनाएको हो ।

प्रेस यूनियनले एक प्रेस विज्ञप्ती जारीू गर्दैै यूनियनका सदस्य एव दोधाराचाँदनी अर्धसाप्ताहिक पत्रिका प्रकासक सम्पादक ओलीमाथि अभद्र व्यवहारप्रति यूनियन शाखा कञ्चनपुरको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । दोधाराचाँदनी ८धामी टोलमा सीमाङकन विवाद बारे पत्रकार ओलीले प्रशन गर्दा प्रशनको जवाफ दिनुको साटो सार्वजनिक रुपमै तपाईहरु पनि प्याक मदिरा सेवन गरेर लगाएर आउनु भएको छ । कि क्या हो यार’ भन्दै गैर जिम्मेबारी र पत्रकार ओलीको मान मर्दन हुने गरी दिएको जवाफको घोर भत्र्सना गरेको छ ।

प्रेस यूनियन कञ्चनपुरका अध्यक्ष तेज बहादुर सिहद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा यसरी सार्वजनिक पद धारण गरेका व्यक्तिबाट नागरिकलाई सुसुचित गराउन संचारकर्ममा खटिएका पत्रकारको यो हर्कत अत्यन्तै निन्दनिय र लज्जास्पद भएको जनाउँदै, घटनाले पत्रकार र नागरिकको संविधान प्रदत अधिकारमा हनन हस्तक्षेप भएको प्रेस यूनियनले ठहर गरेको छ। यूनियनले आगामी दिनमा यस्ता हर्कत नदोहो¥याउन समेत सम्बन्धीत निकायको ध्यानाकर्षण गराएको छ ।

तर, दोधाराचाँदनीका मेयर किशोर कुमार लिम्बुले आफुले भुपेन्द्र ओलीसंग दुव्र्यवहार र मानमर्दन हुने व्यवहार नगरेको बताए । मेयर लिम्बुले एकै प्रश्न बारम्बार गरेपछि आफुले कतै मदिरा खाएर आएको त होईन भनेर मात्रै सोधेको बताए । ‘मैले उहाँमाथि दुव्र्यवहार गरे नगरेको अन्य जनतालाई पनि सोध्नुहोस, गर्ने कुरै भएन, अब आफुमाथि दुव्र्यवहार भएको भन्छ, भने म के भनु ।’

ताजा समाचार